पूर्व प्रमुखसचिव खनालको निधन

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १२, २०७७
|
|
१९ पटक हेरिएको
Shares
पूर्व प्रमुखसचिव खनालको निधन

सारांश

  • तत्कालीन राजप्रसाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ ।
  • कानून क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको मङ्गलबार साँझ काठमाडौँ महानगरपालिका–१३ कालीमाटीस्थित निवासमा निधन भएको खनालका आफन्त सुरज खनालले जानकारी दिनुभयो ।
  • मधुमेह र दमको बिरामी रहनुभएका खनाल घरमै उपचाररत हुनुहुन्थ्यो ।

तत्कालीन राजप्रसाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ ।

कानून क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको मङ्गलबार साँझ काठमाडौँ महानगरपालिका–१३ कालीमाटीस्थित निवासमा निधन भएको खनालका आफन्त सुरज खनालले जानकारी दिनुभयो ।
मधुमेह र दमको बिरामी रहनुभएका खनाल घरमै उपचाररत हुनुहुन्थ्यो ।
मदन पुरस्कारसमेत प्राप्त दिवंगत खनालले ‘मुलुकी ऐन केही विवेचना’, ‘कर सम्बन्धी कानून’, ‘नेपालको कानूनी इतिहासको रुपरेखा’, ‘रिट निवेदन सिद्धान्त र विवेचना’, ‘विश्वका प्रमुख कानून प्रणाली’, ‘नेपालको कानूनी मस्यौदा’, तथा ‘समालोचना र फैसला’ लगायत पाठ्यपुस्तक लेख्नुभएको छ ।
तनहुँमा जन्मनुभएका खनालले ३५ वर्ष राजप्रसाद सेवामा काम गर्नुभएको थियो । उहाँका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ । काठमाडौँमा निधन हुनुभएका खनालको विदेशमा रहेका छोरा नेपाल आएपछि उहाँकै पूर्व इच्छाअनुसार तनहुँको देवघाटमा अन्त्येष्टि गरिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापामा फुसको छानो हटाउन शुरु
झापामा फुसको छानो हटाउन शुरु
विश्वासको मतपछि कोशीका मुख्यमन्त्रीको प्रतिक्रियाः ‘अर्को विकल्प नै थिएन, सर्वोच्चले यसको व्याख्या गर्ला’
विश्वासको मतपछि कोशीका मुख्यमन्त्रीको प्रतिक्रियाः ‘अर्को विकल्प नै थिएन, सर्वोच्चले यसको व्याख्या गर्ला’
प्रहरीले गोली हानेर पक्राउ गरेका अशोक लामासँग पेस्तोल र गोली बरामद
प्रहरीले गोली हानेर पक्राउ गरेका अशोक लामासँग पेस्तोल र गोली बरामद
धनुषामा राष्ट्रिय परिचयपत्र लिन सास्ती
धनुषामा राष्ट्रिय परिचयपत्र लिन सास्ती
साउन मसान्तसम्म विद्यार्थी भर्ना लिन देशभरका विद्यालयलाई बोर्डको निर्देशन
साउन मसान्तसम्म विद्यार्थी भर्ना लिन देशभरका विद्यालयलाई बोर्डको निर्देशन
कोरोना संक्रमितको संख्या नाघ्यो १ लाख
कार्यालयकै कुर्सीमा सुत्ने वडाअध्यक्ष भन्छन् ‘शनिबार पनि नागरिकको घर आँगनमै सेवा दिन्छु’
कार्यालयकै कुर्सीमा सुत्ने वडाअध्यक्ष भन्छन् ‘शनिबार पनि नागरिकको घर आँगनमै सेवा दिन्छु’
स्ववियु कार्यतालिका सार्वजनिक, निर्वाचन बिहान ८ बजेदेखि
स्ववियु कार्यतालिका सार्वजनिक, निर्वाचन बिहान ८ बजेदेखि
मोदी र ओली बीचको भेटवार्तामा के के भयो ?
मोदी र ओली बीचको भेटवार्तामा के के भयो ?
शुक्रवार कोरोना संक्रमणका कारण एकैदिन १२ जनाको मृत्यु
शुक्रवार कोरोना संक्रमणका कारण एकैदिन १२ जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?