नेपाली कांग्रेसको चियापान स्थगित्

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १३, २०७७
|
|
३८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १३ कार्तिक ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दसैंका बेला गर्दै आएको चियापान यस वर्ष नगर्ने भएको छ।
  • कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्ने चियापान कोरोना महामारीका कारणले यस वर्ष नगर्ने स्पष्ट पारेको छ ।

काठमाडौं, १३ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दसैंका बेला गर्दै आएको चियापान यस वर्ष नगर्ने भएको छ। कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्ने चियापान कोरोना महामारीका कारणले यस वर्ष नगर्ने स्पष्ट पारेको छ । विज्ञप्तिमा उल्लेख छ,”कांग्रेसद्वारा कोजाग्रत पूर्णिमाका दिन आयोजना गरिँदै आएको शुभकामना आदान–प्रदान तथा चियापान समारोह कोभिड(१९ का कारण यो वर्ष नगरिने व्यहोरा जानकारी गराइन्छ।’

वि.सं. २०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि कांग्रेसले वर्षेनी कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्दै आएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?