२ सय ऋण नतिर्दा जेल !

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १, २०७५
|
|
४३ पटक हेरिएको
Shares
२ सय ऋण नतिर्दा जेल !

सारांश

  • धनुषाका एक दलितले महाजनलाई दुई सय ऋण चुकाउन नसक्दा आइतबार एक वर्षको लागि जेल चलान गरिएको छ ।
  • जनकपुर उपमहानगरपालिका १८ कुवा रामपुरका ६० वर्षीय राधाकृष्ण खंग खत्वे आईतबार स्वयं जिल्ला अदालत धनुषामा हाजिर भई जेल चलान गरी दिन आग्रह गरेका थिए ।
  • ‘सुरुमा अदालतका कर्मचारीहरुले पक्राउ पूर्जी दिन आनाकानी गरेका थिए ।

धनुषाका एक दलितले महाजनलाई दुई सय ऋण चुकाउन नसक्दा आइतबार एक वर्षको लागि जेल चलान गरिएको छ । जनकपुर उपमहानगरपालिका १८ कुवा रामपुरका ६० वर्षीय राधाकृष्ण खंग खत्वे आईतबार स्वयं जिल्ला अदालत धनुषामा हाजिर भई जेल चलान गरी दिन आग्रह गरेका थिए ।

‘सुरुमा अदालतका कर्मचारीहरुले पक्राउ पूर्जी दिन आनाकानी गरेका थिए । पछि नागरिकता प्रमाणपत्र देखाए पछि, बल्ल जिल्ला प्रहरी कार्यालयलाई पत्र लेखे ।’ खंगसंगै अदालत पुगेका सोही गाउँका कुशेश्वर मेस्तरले जानकारी दिए ।

मेस्तरका अनुसार– खंगलाई जिल्ला अदालत पुर्याउन गाउँका सात जना दलित संगै आएका थिए – ‘हामी स्नान पूजागरी गाउँको शिवमन्दिरमा भेला भयौं । भगवान शिवलाई साक्षी राखी सीधा जिल्ला अदालत पुगेर खंगलाई आत्मसमर्पण गरायौं ।’  ‘२ सय रुपैयाँ नतिरेको कारण जेल जानु परेको पहिलो घटना होला । दलितमाथिको अन्याय कहिले अन्त्य होला ।’ कुशेश्वर मेस्तरले भने ।

आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?