जटिल रोगको उपचार हुने यो रहस्यमय गुफा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २१, २०७७
|
|
२६ पटक हेरिएको
Shares
जटिल रोगको उपचार हुने यो रहस्यमय गुफा

सारांश

  • अष्ट्रियामा एक यस्तो गुफा छ, जहाँ मानिसहरु आराम गर्न पुग्छन् र रोगबाट छुटकारा पाएर घर फर्कने गर्छन् ।
  • यो कुरा सुनेर तपाइँ दंग परिरहनुभएको होला, तर यो वास्तविकता हो ।
  • गुफामा उपचार गर्ने मानिसहरु मृत्युको मुखबाट बाच्न पनि सक्ने विश्वास गरिएको छ ।

अष्ट्रियामा एक यस्तो गुफा छ, जहाँ मानिसहरु आराम गर्न पुग्छन् र रोगबाट छुटकारा पाएर घर फर्कने गर्छन् । यो कुरा सुनेर तपाइँ दंग परिरहनुभएको होला, तर यो वास्तविकता हो ।

गुफामा उपचार गर्ने मानिसहरु मृत्युको मुखबाट बाच्न पनि सक्ने विश्वास गरिएको छ । यो गुफा देशभित्र मात्र नभई अन्य विभिन्न देशहरुमा पनि चर्चित बन्दै गएको छ । टाढा टाढाबाट पनि उपचारको लागि यस गुफामा मानिसहरु आएर केही दिन बसेर जाने गरेका छन् ।

अष्ट्रियाको गास्तिनमा मानिसहरुले सुन पत्ता लगाउँन जाँदा यो गुफा भेटिएको थियो । गुफा भित्र जति गयो त्यति नै शरीरलाई आराम भएको अनुभव खोजको क्रममा नै गुफा पत्ता लगाउनेहरुले गरेका थिए । गुफाबाट निस्कने ग्यासले धेरै गम्भीर रोग लागेका बिरामीहरु पनि सजिलै ठिक हुने त्यसैसमयमा पत्ता लागेको थियो ।

त्यस गुफाबाट निस्कने रेडियोएक्टिभ ग्यास छाला भित्र गएर शरीरका कोशिकाहरुसम्म पुग्छन्, जसबाट गम्भिर रोगहरुको उपचार सम्भव हुन्छ । त्यहाँका स्थानिय मानिसहरुको अनुसार ग्यासले हाम्रो शरीरमा हुने पसोरिएसिस र अर्थराइटिस जस्ता रोगलाई पनि हटाउँन सबैभन्दा उपयोगी सिद्ध भइरहेको छ ।

त्यहाँ पुगेका मनिसहरुको अनुसार उक्त गुफामा पाइने रैडान ग्यास शरीरमा प्रवेश गर्दा केही गम्भीर रोगहरुको उपचार सम्भव हुन्छ । यो ग्यास रेडियोएक्टिव ग्यास हो । यसले गुफाको चारैतिर र वातावरणलाई नै तातो बनाइराख्छ, जसबाट केही प्रकारका बिरामीहरु प्रभावित भई ठिक हुने गरेका छन् । एजेन्सी

(Zolpidem)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?