पूर्व प्रेमीद्वारा एकल विवाहित युवतीको गोली हानी हत्या

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २७, २०७७
|
|
२२ पटक हेरिएको
Shares
पूर्व प्रेमीद्वारा एकल विवाहित युवतीको गोली हानी हत्या

सारांश

  • रौतहट, कार्तिक २७ ।
  • अज्ञात समूहले गोली हानेर रौतहटमा गए राति एक विवाहित युवतीको गोली हत्या गरिएको छ।
  • जिल्लाको माधवनारायण नगरपालिका वडा नम्बर ७ लौकाहा टोलकी अमृताकुमारी साहको गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ।

रौतहट, कार्तिक २७ । अज्ञात समूहले गोली हानेर रौतहटमा गए राति एक विवाहित युवतीको गोली हत्या गरिएको छ। जिल्लाको माधवनारायण नगरपालिका वडा नम्बर ७ लौकाहा टोलकी अमृताकुमारी साहको गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ।

बुधबार राति करिब ११ बजे अज्ञात समूह साहको घरभित्र पसेर युवतीको कन्चटमा गोली प्रहार गरिहत्या गरेको हो । । गोली चलेको समयमा युवतीकी आमा घरबाट बाहिर शौचालय गएको जनाईएको छ । युवतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

गत फागुनमा विहे गरकी युवतीका श्रीमान रुपेश साहलाई समेत अपरचित समूहले गत वैशाखमा चक्कु प्रहार गरेको थियो।। बिहेपूर्व युवतीको एकजना युवकसित प्रेम सम्बन्ध रहेको सार्वजनिक भएपछि गत असारमा युवतीको सम्बन्ध विच्छेद भएको थियो । हाल युवती माइतीमा बस्दै आएकी थिईन् ।

(https://hippainhelp.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?