प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा तीव्र गतिका आरोहीप्रति श्रद्धाञ्जलि

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १०, २०७४
|
|
२८ पटक हेरिएको
Shares
प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा तीव्र गतिका आरोहीप्रति श्रद्धाञ्जलि

सारांश

  • श्रावण १०, २०७४- प्रधानमन्त्री शेरबहादुर देउवाले पृथक् धावक तथा हिमाल आरोही सञ्जय पण्डितको पार्थिव शरीरमा मंगलबार राष्ट्रिय झण्डा ओढाई सम्मान गरेका छन् ।
  • पण्डितको शव राखिएको स्थल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् परिसरमा पुगी प्रधानमन्त्री देउवाले श्रद्धाञ्जलि व्यक्त गरे ।
  • अमेरिकाको अलास्का राज्यमा अवस्थित डेनाली हिमाल आरोहणका क्रममा २९ वर्षीय आरोही पण्डितको गत असार २ गते लेक लागेर निधन भएको थियो ।

श्रावण १०, २०७४- प्रधानमन्त्री शेरबहादुर देउवाले पृथक् धावक तथा हिमाल आरोही सञ्जय पण्डितको पार्थिव शरीरमा मंगलबार राष्ट्रिय झण्डा ओढाई सम्मान गरेका छन् । पण्डितको शव राखिएको स्थल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् परिसरमा पुगी प्रधानमन्त्री देउवाले श्रद्धाञ्जलि व्यक्त गरे ।

अमेरिकाको अलास्का राज्यमा अवस्थित डेनाली हिमाल आरोहणका क्रममा २९ वर्षीय आरोही पण्डितको गत असार २ गते लेक लागेर निधन भएको थियो । एक महिनाभन्दा बढी समयपछि उनको शव सोमबार राति काठमाडौँ ल्याइएको थियो । मंगलबार बिहान १० बजे पण्डितको शव श्रद्धाञ्जलिका लागि राखिएको थियो । उक्त अवसरमा प्रधानमन्त्री देउवाले प्रतिभाशाली पण्डितको निधनले राष्ट्रलाई क्षति पुगेको बताए । ‘सञ्जय पण्डितजीको नेपालको पहिचानलाई चिनाउने आरोहणका क्रममा अमेरिकाको अलास्कामा दुःखद निधन भयो । यसले सबै नेपालीलाई चोट पुगेको छ । उहाँको आत्माको चिरशान्तिको कामना गर्दछु,’ उनले भने ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?