ओली संकटमा !

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १७, २०७७
|
|
३३ पटक हेरिएको
Shares

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली पार्टी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव रोक्न असफल भएका छन् ।
  • नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका ओलीले आज बसेको सचिवालय बैठकमा उक्त प्रस्ताव रोक्न खोज्दा असफल भएका हुन् ।
  • पार्टी बैठकमा दुवै अध्यक्षको प्रस्ताव छलफलका लागि प्रस्तुत भएपछि बोल्ने क्रम शुरु भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली पार्टी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव रोक्न असफल भएका छन् । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका ओलीले आज बसेको सचिवालय बैठकमा उक्त प्रस्ताव रोक्न खोज्दा असफल भएका हुन् ।

पार्टी बैठकमा दुवै अध्यक्षको प्रस्ताव छलफलका लागि प्रस्तुत भएपछि बोल्ने क्रम शुरु भएको थियो । ओलीले प्रचण्डको प्रस्ताव छलफल गर्नका लागि योग्य नभएको भन्दै रोक्न प्रस्ताव राखेका थिए । उनले प्रचण्डले बोल्दा बोल्दै पनि प्रतिवाद गरेका थिए । तर, उक्त प्रस्ताव छलफलमा गइसकेको भन्दै अधिकांश सचिवालय सदस्यले ओलीको प्रस्ताव अस्वीकृत गरिदिएका थिए ।

निकै तनावका बीच भएको मंगलवारको सचिवालय बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले वादप्रतिवाद गरेका थिए । प्रचण्डलाई ओलीले बोल्दा बोल्दै रोक्न समेत खोजेका थिए । त्यसपछि प्रचण्डले पार्टीका अन्य सचिवालय सदस्यहरुको साथ लिएर आफ्नो भनाई राखेका थिए ।

आज पनि बस्ने गरी मंगलवार स्थगित सचिवालय बैठकमा दुवै अध्यक्षको राजनीतिक प्रस्तावमाथि छलफल हुनेछ । त्यसपछि १८ मंसिरमा स्थायी कमिटी बैठक डाकिएकाले यसबारे थप छलफल अगाडि बढ्ने बुझिएको छ ।

यसैगरी, प्रचण्डको आफूमाथि गम्भीर आरोपसहितको प्रस्ताव रोक्न नसकेपछि ओलीमाथि संकट बढेको छ । उनले छलफलमै अगाडि नबढाउन खोजेपनि अल्पमतमा परेपछि प्रचण्डको प्रस्तावको पक्षमा बलियो मत देखिएको छ । यसले ओलीमाथि चुनौती थपिदै गएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘निशा घिमिरे स्मृति पुरस्कार’ अभिनेत्री पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई प्रदान
‘निशा घिमिरे स्मृति पुरस्कार’ अभिनेत्री पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई प्रदान
ईस्पानियोलमाथि जित निकाल्दै रियल मड्रिड शीर्ष स्थानमा उक्लियो, बार्सिलोना दबाबमा
ईस्पानियोलमाथि जित निकाल्दै रियल मड्रिड शीर्ष स्थानमा उक्लियो, बार्सिलोना दबाबमा
बाढी पहिरो (अपडेट) : अहिलेसम्म ३० जनाको मृत्यु, ४ बेपत्ता
बाढी पहिरो (अपडेट) : अहिलेसम्म ३० जनाको मृत्यु, ४ बेपत्ता
सिन्धुपाल्चोक–१ मा माओवादी ४ हजार बढी मतले आगाडी !
सिन्धुपाल्चोक–१ मा माओवादी ४ हजार बढी मतले आगाडी !
१०९ वर्षीया वृद्धा सम्मानित
१०९ वर्षीया वृद्धा सम्मानित
कुक आइल्याण्डको सफलताको कथा, कसरी बन्यो विकसित मुलुक ?
कुक आइल्याण्डको सफलताको कथा, कसरी बन्यो विकसित मुलुक ?
झापामा निजी वन लगाउनेको संख्या बढ्दै
झापामा निजी वन लगाउनेको संख्या बढ्दै
गायिका शान्तिश्रीको आवाजमा आयो तीज गीत “दशा” (भिडियोसहित)
गायिका शान्तिश्रीको आवाजमा आयो तीज गीत “दशा” (भिडियोसहित)
इटहरी उपमहानगर : मेयरमा ६ भोट, उपमेयरमा शून्य पनि, कांग्रेस एमालेबाहेक सबैको जमानत जफत
इटहरी उपमहानगर : मेयरमा ६ भोट, उपमेयरमा शून्य पनि, कांग्रेस एमालेबाहेक सबैको जमानत जफत
आईपीएल: शेन वाट्सनको शतकमा चेन्नर्इको शीर्ष यात्रा
आईपीएल: शेन वाट्सनको शतकमा चेन्नर्इको शीर्ष यात्रा

तपाईंले छुटाउनुभयो कि?