झापामा निजी वन लगाउनेको संख्या बढ्दै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ३, २०७४
|
|
२८ पटक हेरिएको
Shares
झापामा निजी वन लगाउनेको संख्या बढ्दै

सारांश

  • बनियानी, झापा, ३ कात्तिक (  निजी वन लगाउनेको संख्या बढ्दै गएको छ ।
  • कम मेहनतमा मनग्य आम्दानी र वन पैदावारको माग बढ्दै गएपछि वर्षेनी निजी वन लगाउनेको संख्या बढ्दै गएको हो ।
  • जिल्लामा आव २०७२÷७३ मा १३.

बनियानी, झापा, ३ कात्तिक (  निजी वन लगाउनेको संख्या बढ्दै गएको छ ।

कम मेहनतमा मनग्य आम्दानी र वन पैदावारको माग बढ्दै गएपछि वर्षेनी निजी वन लगाउनेको संख्या बढ्दै गएको हो ।

जिल्लामा आव २०७२÷७३ मा १३.४ हेक्टरमा १४ वटा निजी वन लगाइएको थियो । आव २०७३÷७४ सो संख्यामा वृद्धि भई १७.३५ हेक्टरमा २३ वटा निजी वन लगाइएको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिनुभयो ।

“पछिल्लो समय निजी वन लगाउनेको संख्या बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “थोरै मेहनत र कम लागतमा मनग्य आम्दानी गर्न सकिने भएकाले पनि आकर्षण बढ्दै गएको छ ।” चालू आवमा हालसम्म दुई वटा निजी वन लगाइएको कार्यालयले जनाएको छ ।

त्यस्तै, जिल्लामा निजी वनबाट आव २०७२÷७३ मा एक लाख ७५ हजार ६३१ क्यु फिट काठ उत्पादन भएको थियो । आव २०७३÷७४ मा २५ हजार ५८९ क्यु फिट काठ उत्पादन भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । जिल्लामा हालसम्म ३९०.७३ हेक्टरमा ४०५ वटा निजी वन लगाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?