सुनको मूल्यमा ५०० रुपैयाँ वृद्धि

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १७, २०७७
|
|
२८ पटक हेरिएको
Shares
सुनको मूल्यमा ५०० रुपैयाँ वृद्धि

सारांश

  • स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले उकालो लागेको छ ।
  • छापावाला सुन मङ्गलबारका तुलनामा प्रतितोला रु ५०० ले वृद्धि भएर रु ९१ हजारमा कारोवार भएको छ ।
  • छापावाला सुन मङ्गलबार प्रतितोला रु ९० हजार ५०० मा कारोवार भएको थियो ।

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले उकालो लागेको छ । छापावाला सुन मङ्गलबारका तुलनामा प्रतितोला रु ५०० ले वृद्धि भएर रु ९१ हजारमा कारोवार भएको छ ।

छापावाला सुन मङ्गलबार प्रतितोला रु ९० हजार ५०० मा कारोवार भएको थियो । सोमबारको तुलनामा आजसम्म आइपुग्दा पहेँलो धातुको मूल्य प्रतितोला रु एक हजारले वृद्धि भएको छ ।

यस्तै तेजाबी सुनसमेत आज प्रतितोला रु ५०० ले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । प्रतितोला रु ९० हजार ५० मा मङ्गलबार कारोवार भएको तेजाबी सुन आज भने रु ९० हजार ५५० मा कारोवार भएको छ ।

यस्तै चाँदी आज प्रतितोला रु एक हजार १८५ मा कारोवार भएको छ । चाँदी प्रतितोला रु एक हजार १५५ मा मङ्गलबार कारोवार भएको थियो । चाँदी प्रतितोला रु ३० ले वृद्धि भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?