विजया दशमीका दिन तीन प्रदेशमा वर्षाको सम्भावना

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २६, २०८१
|
|
५० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • मनसुनी वायुका साथै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेकाले कोशी प्रदेशलगायत बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
  • महाशाखाका मौसमविद् गोविन्दकुमार झा अनुसार आज तीन प्रदेशका पहाडी भू-भागका हल्का वर्षाको सम्भावना पूर्वानुमान गरिएको छ।
काठमाडौं। मनसुनी वायुका साथै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेकाले कोशी प्रदेशलगायत बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् गोविन्दकुमार झा अनुसार आज तीन प्रदेशका पहाडी भू-भागका हल्का वर्षाको सम्भावना पूर्वानुमान गरिएको छ। वर्षा भएपनि खासै ठूलो भारी वर्षाको सम्भावना छैन।
“आज दिउँसो बदली र वर्षाको सम्भावना छ, तर, ठूलो भारी वर्षा भने हुनेछैन, त्यसैले आत्तिनुपर्ने अवस्था छैन, बदली रहेपनि झरी पर्नेछैन, क्षति पुर्‍याउने किसिमको पानी पर्दैन।”
मौसमविद् झाले वर्षा भएपनि दशैंको टीका विथोल्ने किसिमको झरी पर्ने अवस्था नरहेको उल्लेख गरे। दिउँसो कोशी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। रातिको समयमा पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरिएको छ।
कोशी प्रदेशलगायत मधेश प्रदेशको अधिकांश भू-भाग र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। देशको बाँकी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले उल्लेख गरेको छ।
न्यूनतम तापक्रम क्रमशः घट्दै गएकाले काठमाडौंमा सामान्य चिसो बढेको छ। अबको एकसाता न्यूनतम तापक्रम घट्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कत अपनाउन महाशाखाले अनुरोध गरेको छ।
     आज काठमाडौको अधिकतम तापक्र २७ देखि २९ सम्म र न्यूनतम तापक्रम १५ देखि १७ डिग्री सेल्सियस रहनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोकिएन उपभोक्ता ठगी : अनुगमनमाथि अर्को अनुगमनको खाँचो
रोकिएन उपभोक्ता ठगी : अनुगमनमाथि अर्को अनुगमनको खाँचो
सभामुखले परामर्श नगरेको भन्दै ओलीले जनाए आपत्ति
सभामुखले परामर्श नगरेको भन्दै ओलीले जनाए आपत्ति
सर्वदलीय बैठक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बहिस्कार गर्ने
सर्वदलीय बैठक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बहिस्कार गर्ने
नजिकिँदै आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता
नजिकिँदै आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता
केपी शर्मा ओलीद्वारा चिनिया कम्युनिष्ट पार्टीका स्थायी समितिका सदस्यसँग भेट गरेको पुष्टी
केपी शर्मा ओलीद्वारा चिनिया कम्युनिष्ट पार्टीका स्थायी समितिका सदस्यसँग भेट गरेको पुष्टी
प्रधानन्यायाधीशमा पराजुली प्रतिपक्षी एमालेको असहमति
प्रधानन्यायाधीशमा पराजुली प्रतिपक्षी एमालेको असहमति
पहिलो याममा १० नाउर र पाँच झारलको सिकार
पहिलो याममा १० नाउर र पाँच झारलको सिकार
नेपाल महिला भलिबलको फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने
नेपाल महिला भलिबलको फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने
प्रधानमन्त्री प्रचण्ड र श्रीलंकका राष्ट्रपतिबीच भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र श्रीलंकका राष्ट्रपतिबीच भेटवार्ता
पूर्वराष्ट्रपति यादव केही दिन अस्पताल बस्ने
पूर्वराष्ट्रपति यादव केही दिन अस्पताल बस्ने