नेकपा विवाद स्थायी समितिमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २१, २०७७
|
|
१९ पटक हेरिएको
Shares
नेकपा विवाद स्थायी समितिमा

सारांश

  • काठमाडौं, मंसिर २१ ।
  • अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको असहमतिबीच सत्तारुढ दल नेकपा सचिवालयले आइतबारका लागि स्थायी समिति बैठक तय गरेको छ।
  • शनिबारको सचिवालय बैठकमा अध्यक्ष ओलीले ठोस प्रस्ताव, कार्यसूची र तयारीबिना स्थायी समिति बोलाउनुको अर्थ नहुने अडान राखेका थिए।

काठमाडौं, मंसिर २१ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको असहमतिबीच सत्तारुढ दल नेकपा सचिवालयले आइतबारका लागि स्थायी समिति बैठक तय गरेको छ। शनिबारको सचिवालय बैठकमा अध्यक्ष ओलीले ठोस प्रस्ताव, कार्यसूची र तयारीबिना स्थायी समिति बोलाउनुको अर्थ नहुने अडान राखेका थिए। साथै, बैठक बसेर निकाल्ने निष्कर्षबारे अर्का अध्यक्ष पुष्पकमल दाहालसँग जिज्ञासा राखेका थिए।

प्रत्युत्तरमा दाहालले पूर्वनिर्धारित कार्यतालिकाअनुसारै आइतबार स्थायी समिति बैठक बस्ने बताए। दुवै अध्यक्षका यसअघिका प्रस्ताव छलफलमा लैजान र निष्कर्षमा पुग्न स्थायी समितिमा जानुपर्ने दाहालको भनाइ थियो। ‘पार्टीभित्रको संकट समाधान गर्न मैले पनि प्रस्ताव पेस गरेको छु। केपी कमरेडले पनि पेस गर्नुभएको छ। स्थायी समितिमा ती प्रस्तावमाथि छलफल गर्ने हो।

आइतबार स्थायी समिति बैठक बोलाइसकेका छौं, पहिलेकै पूर्वनिर्धारित बैठक छ’, दाहालले बैठकमा भने, ‘स्थायी समिति बैठकमा जाऔं। प्रस्ताव बाँडौं। अध्ययन गर्न भनौं। त्यसपछि स्थायी समितिकै अनुमतिमा केही समय लिएर अनौपचारिक छलफल र गृहकार्य पनि गर्दै गरौंला।’

सचिवालयका एक सदस्यका अनुसार दाहालको प्रस्तावमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले समर्थन जनाए। प्रधानमन्त्री ओलीले भने स्थायी समितिमा जान नेताहरूले गरेको हतारोका विषयमा आफू जानकार रहेको भन्दै आफ्नो राजीनामाका लागि समय खेर फालेर नबस्न आग्रह गरेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?