प्रचण्डको कडा प्रतिक्रिया : “ओलीले गणतन्त्रमाथि कू गरे, सशक्त प्रतिवाद गर्छौं”

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ५, २०७७
|
|
३२ पटक हेरिएको
Shares
प्रचण्डको कडा प्रतिक्रिया : “ओलीले गणतन्त्रमाथि कू गरे, सशक्त प्रतिवाद गर्छौं”

सारांश

  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रमाथि कू गरेको गम्भीर आरोप लगाएका छन् ।
  • प्रधानमन्त्री ओलीले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि नेकपा अध्यक्ष दाहालको यस्तो प्रतिक्रिया रहेको उनका प्रेस संयोजक विष्णु सापकोटाले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।
  • प्रधानमन्त्री ओली भने संसद विघटन गर्ने मन्त्रिपरिषदको निर्णय लिएर राष्ट्रपतिसमक्ष सिफारिस गर्न शीतलनिवासमा छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रमाथि कू गरेको गम्भीर आरोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि नेकपा अध्यक्ष दाहालको यस्तो प्रतिक्रिया रहेको उनका प्रेस संयोजक विष्णु सापकोटाले पत्रकार ऋषि धमलालाई जानकारी दिए । प्रधानमन्त्री ओली भने संसद विघटन गर्ने मन्त्रिपरिषदको निर्णय लिएर राष्ट्रपतिसमक्ष सिफारिस गर्न शीतलनिवासमा छन् । नेकपाकै नेताहरुले ओलीको यो कदमको कडा रुपमा विरोध गरिरहेका छन् । नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले पनि ओलीले असंवैधानिक कदम चालेको भन्दै यो निर्णय तुरुन्त फिर्ता लिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?