धानको उत्पादन बढ्यो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १४, २०७७
|
|
२६ पटक हेरिएको
Shares
धानको उत्पादन बढ्यो

सारांश

  • नेपालमा चालू आर्थिक वर्षमा धानको उत्पादन गतवर्षको तुलनामा करीब ७१ हजार मेट्रिकटनले वृद्धि भएको छ ।
  • कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सोमवार विज्ञप्ति जारी गर्दै यस वर्षको धान उत्पादन बढेको जानकारी दिएको हो ।
  • मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार गतवर्षको तुलनामा यस वर्ष चैतेधान र वर्षेधान दुवै गरी ७० हजार ८ सय ३१ मेट्रिकटन वृद्धि भएको हो ।

नेपालमा चालू आर्थिक वर्षमा धानको उत्पादन गतवर्षको तुलनामा करीब ७१ हजार मेट्रिकटनले वृद्धि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सोमवार विज्ञप्ति जारी गर्दै यस वर्षको धान उत्पादन बढेको जानकारी दिएको हो ।

मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार गतवर्षको तुलनामा यस वर्ष चैतेधान र वर्षेधान दुवै गरी ७० हजार ८ सय ३१ मेट्रिकटन वृद्धि भएको हो ।

यस वर्ष नेपालमा कुल धान उत्पादन परिमाण ५६ लाख २१ हजार ७ सय १० मेट्रिक टन पुगेको छ । गतवर्ष नेपालमा ५५ लाख ५० हजार ८ सय ७९ मेट्रिकटन धान उत्पादन भएको थियो । यस वर्ष बन्दाबन्दीका कारण कामदारको सहज उपलब्धता, लगातारको सक्रिय मनसुन र बिउबिजन उपलब्धतामा सहजीकरण आदि कारणले धान उत्पादन बढेको बताइएको छ ।

विज्ञप्तिअनुसार यस वर्षको उत्पादकत्व ३ दशमलव ८२ पुगेको छ, जुन गतवर्षको भन्दा शून्य दशमलव २८ प्रतिशत बढी हो । यो उत्पादकत्व हाल सम्मकै उच्च हो ।

चालू आर्थिक वर्षमा चैते र वर्षे गरी कुल १४ लाख ७३ हजार ४ सय ७४ हेक्टर जमीनमा धानखेती गरिएको थियो । जुन गतवर्षको भन्दा करीब १५ हजार हेक्टर बढी हो । मन्त्रालयले विगतका ५ वर्षमा नेपालमा भएको धान उत्पादनको विश्लेषण गर्दै आर्थिक वर्ष २०७३÷७४ का तुलनामा यस वर्षको उत्पादन ७ दशमलव ४८ प्रतिशतले वृद्धि भएको बताएको छ ।आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेले उम्मेदवार छनोटका लागि  मापदण्ड बनायो
एमालेले उम्मेदवार छनोटका लागि मापदण्ड बनायो
नेपालमा मै सम्भब छ अलमण्ड खेती : बार्षिक करोडौको आम्दनी लिन सकिने !!!
नेपालमा मै सम्भब छ अलमण्ड खेती : बार्षिक करोडौको आम्दनी लिन सकिने !!!
गाँजाको व्यवसायिक उत्पादनको कानूनी बाधा तत्काल हटाउन संसदीय समितिको निर्देशन
गाँजाको व्यवसायिक उत्पादनको कानूनी बाधा तत्काल हटाउन संसदीय समितिको निर्देशन
चर्चित गाएक राम प्रसाद खनाल र मन्जु पौडेलको स्वरमा रहेको तीजको भिडियो सर्बिजनिक :”मेरा बुढा झर्के” {भिडियो सहित }
समयमै अस्पताल लान नसक्दा मिनीट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो (अपडेट)
समयमै अस्पताल लान नसक्दा मिनीट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो (अपडेट)
नेकपा फुटको संघारमा, नेताहरु को कता ?
राष्ट्रपति भण्डारीद्वारा शहीदप्रति श्रद्धाञ्जलि अर्पण
राष्ट्रपति भण्डारीद्वारा शहीदप्रति श्रद्धाञ्जलि अर्पण
नेताको अकुत सम्पति छानविन नगरिए आन्दोलन : स्वागत नेपाल 
नेताको अकुत सम्पति छानविन नगरिए आन्दोलन : स्वागत नेपाल 
संविधान दिवस भव्य रुपमा मनाइने
संविधान दिवस भव्य रुपमा मनाइने
बिक्न छाडे काम्लो, बख्खु र घुम
बिक्न छाडे काम्लो, बख्खु र घुम

तपाईंले छुटाउनुभयो कि?