ट्रम्पको फेसबुक र इन्स्टाग्राम एकाउन्ट २ साताका लागि बन्द

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २४, २०७७
|
|
२३ पटक हेरिएको
Shares
ट्रम्पको फेसबुक र इन्स्टाग्राम एकाउन्ट २ साताका लागि बन्द

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम एकाउन्ट कम्तिमा पनि २ साताका लागि बन्द गरिएको छ।
  • फेसबुकका निर्माता मार्क जुकरबर्गले फेसबुकमा एक स्ट्याटस लेख्दै सो कुराको जानकारी दिएका हुन्।
  • राष्ट्रपति ट्रम्पलेले आफ्ना उत्तराधिकारी जो बाइडेनलाई शान्तिमय र कानूनी रुपमा कमजोर गर्नका लागि आफ्नो शेष कार्यकालको उपयोग गर्न खोजेको भन्दा उनका दुबै खाताहरु अनिश्चितकालका लागि ब्लक गरिएको बताएका हुन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम एकाउन्ट कम्तिमा पनि २ साताका लागि बन्द गरिएको छ।

फेसबुकका निर्माता मार्क जुकरबर्गले फेसबुकमा एक स्ट्याटस लेख्दै सो कुराको जानकारी दिएका हुन्।

राष्ट्रपति ट्रम्पलेले आफ्ना उत्तराधिकारी जो बाइडेनलाई शान्तिमय र कानूनी रुपमा कमजोर गर्नका लागि आफ्नो शेष कार्यकालको उपयोग गर्न खोजेको भन्दा उनका दुबै खाताहरु अनिश्चितकालका लागि ब्लक गरिएको बताएका हुन्। उनले यो ब्लक कम्तीमा पनि दुई हप्ता अर्थात सत्ता हस्तान्तरण नभएसम्मका लागि रहने पनि बताएका छन्।

ट्रम्पलाई फेसबुक, इन्स्टाग्रामका साथै ट्वीटरले पनि आफ्नो नियम भङ्ग गरेको आरोपमा हिजो ब्लक गरेको थियो। ब्लक गरिएको १२ घण्टापछि ट्वीटरले अन्तिम चेतावनी दिँदै ट्रम्पलाई पुनः ट्वीट गर्ने अनुमति दिएको छ भने फेसबुक र इन्स्टाग्रामले भने सो ब्लकलाई नै निरन्तरता दिएको छ।

गत बुधबार अमेरिकाको क्यापिटल हिलमा भएको दङ्गको विषयमा आफ्नो सामाजिक सञ्जालमार्फत हिँसा भड्काउने प्रयोस गरेको भन्दै उनलाई यी तीनवटै सञ्जालमा ब्लक गरिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आयल निगमका लागि ‘टेन्डर नै भ्रष्टाचारको बाटो’
आयल निगमका लागि ‘टेन्डर नै भ्रष्टाचारको बाटो’
एमाले–माओवादी बाहिरै राखेर प्रदेश प्रमुख भागबण्डा, को–को बन्दैछन् ?
एमाले–माओवादी बाहिरै राखेर प्रदेश प्रमुख भागबण्डा, को–को बन्दैछन् ?
प्रस्तावित प्रधानन्यायाधीश जोशीको प्रमाण जुटाउने जिम्मा  योगेश भट्टराईलार्इ
प्रस्तावित प्रधानन्यायाधीश जोशीको प्रमाण जुटाउने जिम्मा योगेश भट्टराईलार्इ
महाकाली नदीमा पक्की पुल नहुँदा समस्या
महाकाली नदीमा पक्की पुल नहुँदा समस्या
साउदी अरेबियामा सन् २०१९ मा ‘उल्लेख्य’ सङ्ख्यामा मृत्युदण्ड
साउदी अरेबियामा सन् २०१९ मा ‘उल्लेख्य’ सङ्ख्यामा मृत्युदण्ड
सुकुम्वासीको समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: प्रचण्ड
सुकुम्वासीको समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: प्रचण्ड
भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आउँदै, क–कसलाई भेट्ने ?
भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आउँदै, क–कसलाई भेट्ने ?
मन्त्रीको जिम्मेवारी परिवर्तन, गृहमा बस्नेत र परराष्ट्रमा कार्की
मन्त्रीको जिम्मेवारी परिवर्तन, गृहमा बस्नेत र परराष्ट्रमा कार्की
लकिङ प्रणाली तेल चोरी नियन्त्रणका लागि लागु गरिने
लकिङ प्रणाली तेल चोरी नियन्त्रणका लागि लागु गरिने
राष्ट्रियसभामा क-कस्को जित्ने सम्भावना (गणितसहित)
राष्ट्रियसभामा क-कस्को जित्ने सम्भावना (गणितसहित)

तपाईंले छुटाउनुभयो कि?