बलात्कारको बदला परिवारकै सामू बलात्कारीको बहिनीको बलात्कार

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १२, २०७४
|
|
३१ पटक हेरिएको
Shares
बलात्कारको बदला परिवारकै सामू बलात्कारीको बहिनीको बलात्कार

सारांश

  • पाकिस्तानको पञ्जाव प्रान्तस्थित एउटा गाउँमा बलात्काको बदलामा बलात्कार गरिएको छ ।
  • मुजफ्फरावादको राजपुर गाउँमा पञ्चायतको आदेश अनुसार बलात्कारको बदलामा परिवारकै सामू बलात्कार गरिएको हो ।
  • पञ्चायतको आदेश अनुसार एक १६ वर्षीय किशोरीलाई उनकै परिवारका सामू बलात्कार गरिएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

पाकिस्तानको पञ्जाव प्रान्तस्थित एउटा गाउँमा बलात्काको बदलामा बलात्कार गरिएको छ ।

मुजफ्फरावादको राजपुर गाउँमा पञ्चायतको आदेश अनुसार बलात्कारको बदलामा परिवारकै सामू बलात्कार गरिएको हो । पञ्चायतको आदेश अनुसार एक १६ वर्षीय किशोरीलाई उनकै परिवारका सामू बलात्कार गरिएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

पीडित किशोरीका दाजुले केही अघि छिमेकी एक किशोरीलाई बलात्कार गरेको बताइएको छ । सोही अपराधको बदलामा पञ्चायतले बदलास्वरुप बलात्कारीको बहिनीलाई बलात्कार गर्न आदेश दिएको संचारमाध्यमहरुले जनाएका छन् । आफ्नो बहिनीलाई बलात्कार गर्ने आरोपीकी बहिनीलाई बलात्कार गर्न पञ्चायतले आदेश दिएअनुसार पीडितको दाजुले परिवारकै सामू बलात्कार गरेको बताइएको छ ।

मुल्तान मण्डलका प्रहरी प्रमुख अहसान युनिसका अनुसार १८ जुलाईमा भएको सो घटनाका बारेमा प्रहरीले हालसम्म २० जनालाई गिरफ्तार गरेको छ । बलात्कारको आदेश दिने गाउँ पञ्चायतका प्रमुखसहित २० जनालाई गिरफ्तार गरिएको उनले बताए । पाकिस्तानका कयौं ग्रामिण इलाकामा पञ्चायतको आदेश पालना गर्ने प्रचलन छ । मानवअधिकारवादीहरुले भने यस प्रकारको व्यवस्थाको विरोध गर्दै आएका छन् ।
टिभी अन्नपूर्ण बाट साभार ।

(https://hippainhelp.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालसँग शीर झुकाउँछौ तर सम्बन्ध तोड्दैनौः भारतीय रक्षामन्त्री
नेपालसँग शीर झुकाउँछौ तर सम्बन्ध तोड्दैनौः भारतीय रक्षामन्त्री
तेस्राे पटक ‘हेरा फेरी’ गर्दै अक्षय
तेस्राे पटक ‘हेरा फेरी’ गर्दै अक्षय
‘परिवारको लागि केही गर्न सकिन’ भन्ने चिट लेखेर  महानगरपालिकाका बरिष्ठ अधिकृत बेपत्ता
‘परिवारको लागि केही गर्न सकिन’ भन्ने चिट लेखेर महानगरपालिकाका बरिष्ठ अधिकृत बेपत्ता
सर्वदलीय बैठकमा जुटेन सहमति, सूचना टाँसेर बैठक स्थगित
सर्वदलीय बैठकमा जुटेन सहमति, सूचना टाँसेर बैठक स्थगित
गुफा डाँडामा आन्तरिक पर्यटकको चहलपहल
गुफा डाँडामा आन्तरिक पर्यटकको चहलपहल
हेर्नुस् रेडक्रस सोसाइटीको मनपरि, राज्यलाई छलेर ५ अर्ब खर्च
हेर्नुस् रेडक्रस सोसाइटीको मनपरि, राज्यलाई छलेर ५ अर्ब खर्च
बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई काँग्रेसले पनि दियो विश्वासको मत प्रतिपक्षमा नेमकिपा मात्रै
बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई काँग्रेसले पनि दियो विश्वासको मत प्रतिपक्षमा नेमकिपा मात्रै
‘…ओली उपप्रधानमन्त्री बन्न सक्नुहुने थिएन’ : माधवकुमार नेपाल
‘…ओली उपप्रधानमन्त्री बन्न सक्नुहुने थिएन’ : माधवकुमार नेपाल
यसरि डुबाए जर्नेलले सेनाको कल्याणकारीको २८ करोड !
यसरि डुबाए जर्नेलले सेनाको कल्याणकारीको २८ करोड !
आमाले गरिन् एक वर्षीय छोरोको हत्या
आमाले गरिन् एक वर्षीय छोरोको हत्या

तपाईंले छुटाउनुभयो कि?