बालुवाटारमा ओली पक्षको स्थायी कमिटी बैठक सुरू, ओलीले के गर्लान् ?
सारांश
- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठक बालुवाटारमा सुरू भएको छ।
- अदालतले हिजो संसद पूनःस्थापना गरेपछि समिक्षा गर्ने र भावी रणनीति तय गर्ने भन्दै प्रधानमन्त्री ओलीले स्थायी कमिटीको बैठक डाकेका हुन् ।
- प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने माग उठिरहेको बेलामा उनले भने तत्काल राजीनामा नदिने अडान लिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठक बालुवाटारमा सुरू भएको छ। अदालतले हिजो संसद पूनःस्थापना गरेपछि समिक्षा गर्ने र भावी रणनीति तय गर्ने भन्दै प्रधानमन्त्री ओलीले स्थायी कमिटीको बैठक डाकेका हुन् ।
प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने माग उठिरहेको बेलामा उनले भने तत्काल राजीनामा नदिने अडान लिएका छन् । र, संसद नै फेश गर्ने बताईसकेका छन् । अब कसरी अघि बढ्ने भन्नेबारे उनले आजको बैठकमा छलफल गर्ने बुझिएको छ ।
(Dayvigo)
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया