प्रधानमन्त्री ओलीले राजीनामा नदिने संकेत गर्दै भने : लड्डु खाएछन् के पाउँछन् हेर्नुछ

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १२, २०७७
|
|
३१ पटक हेरिएको
Shares

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने संकेत गरेका छन् ।
  • सर्वोच्च अदालतको संसद पुनःस्थापनाको फैसलापछि नेपाल कम्युनिस्ट पार्टी दाहाल नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले लड्डु खाएकोमा व्यङ्ग्य गरेका छन् ।
  • उनले प्रचण्ड र नेपालले के के पाउँछन् हेरिरहेको समेत बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने संकेत गरेका छन् । सर्वोच्च अदालतको संसद पुनःस्थापनाको फैसलापछि नेपाल कम्युनिस्ट पार्टी दाहाल नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले लड्डु खाएकोमा व्यङ्ग्य गरेका छन् । उनले प्रचण्ड र नेपालले के के पाउँछन् हेरिरहेको समेत बताए ।

‘सर्वोच्चको फैसला सामान्य कुरा हुन्,’ ओलीले माटोको विद्युतीय नक्शांकनको आज राजधानीमा उदघाटन गरेपछि प्रचण्ड र नेपालप्रति व्यङ्ग्य गर्दै भने,‘लड्डु खाएछन् के पाउँछन् हेर्नुछ ।’ सर्वोच्चको फैसलाबाट विजयी जुलुस निकालेतर्फ बोल्दै प्रश्न गरे,‘के जिते ? थाहा छैन ।’

आफूलाई राजीनामा देऊ भनिरहेको उल्लेख गर्दै त्यतातर्फ चिन्ता नगरेको बताए । उनले हाँस्दै भने,‘मान्छे कति खेर मर्नसक्छ जीन्दगीको ठेगान छैन । जबसम्म बाँचिन्छ राम्रो काम गरिन्छ ।’ उनले पदमा रहुञ्जेल जिम्मेवारी पूरा गर्ने बताए । आफूमा हिजो र आजबीच कुनै फरक नभएको बताए । उनले भने,‘हिजो र आजमा ममा के फरक पाउनुभयो ? फरक हुनुपर्ने आवश्यकता नै छैन ।’

स्वार्थले लपेटिएकाहरुमा मात्र कुनै घटनाले फरक आउने बताए । उनले आफूलाई सुर्यसँग तुलना गर्दै भने,‘उदाउने सुर्य पनि रातै हुन्छ, अस्ताउने सुर्य पनि रातो भएर अस्ताउँछ ।’ आफू कर्तव्य पालनामा दृढताका साथ उभिएको दाबी गरे । देश बनाउने र जनतालाई सुखी बनाउने दिशामा जीन्दगी रहेसम्म प्रतिवद्ध भएर लाग्ने बताए ।

पदमा हुञ्जेल काम गर्छु भन्ने नगर्ने र पदबाट हटेपछि पद नै छैन भनी काम नगर्ने प्रवृत्ति रहेको भन्दै त्यसमा परिवर्तन आउनुपर्ने बताए । आफूलाई कसैले नतर्साउन चेतावनी दिए । उनले भने,‘तर्साउने काम ठिक छैन । सरकार छ काम गर्छ, विकासको काम गरिरहन्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
नेपालद्वारा युएईलाई १०५ रनको लक्ष्य
नेपालद्वारा युएईलाई १०५ रनको लक्ष्य
पोर्चुगलमा दूतावासको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र
पोर्चुगलमा दूतावासको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र
प्रेस स्वतन्त्रता सेनानी वैश्यको निधनले महासंघ स्तव्ध
प्रेस स्वतन्त्रता सेनानी वैश्यको निधनले महासंघ स्तव्ध
मन्त्रालयका खर्च कटौती गरी एक रुपैयाँ कायम गर्न एमालेका चार सांसदका प्रस्ताव
साइत अगाडि नै टीका लगाएर पूर्वराजाले दिए ‘चेतावनी’
साइत अगाडि नै टीका लगाएर पूर्वराजाले दिए ‘चेतावनी’
भारतले बनाएको बाँधले रोपेको धान सखाप भयो
भारतले बनाएको बाँधले रोपेको धान सखाप भयो
काभ्रेमा वाम उम्मेदवारको अझै टुंगो लागेन
काभ्रेमा वाम उम्मेदवारको अझै टुंगो लागेन
मुलुकलाई हिन्दुराष्ट्र घोषणा गर्न माग गर्दै राप्रपाले बुझायाे प्रधानमन्त्रीलाई ज्ञापनपत्र
मुलुकलाई हिन्दुराष्ट्र घोषणा गर्न माग गर्दै राप्रपाले बुझायाे प्रधानमन्त्रीलाई ज्ञापनपत्र
विकासका लागि पूर्वाधार निर्माण पहिलो सर्त : प्रधानमन्त्री दाहाल
विकासका लागि पूर्वाधार निर्माण पहिलो सर्त : प्रधानमन्त्री दाहाल

तपाईंले छुटाउनुभयो कि?