ला लिगामा बार्सिलोना विजयी, सेभिया २–० ले पराजित
सारांश
- स्पेनिस लिग फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सेभियालाई २–० ले हराएको छ ।
- सेभियाको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र ओस्माने डेम्बेलेले एक एक गोल गरे ।
- जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
स्पेनिस लिग फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सेभियालाई २–० ले हराएको छ । सेभियाको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र ओस्माने डेम्बेलेले एक एक गोल गरे ।
जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले २५ खेलबाट ५३ अंक जोडेको छ । दुई खेल कम खेलेको एट्लेटिको मड्रिडको ५५ अंक छ भने २४ खेलबाट ५२ अंक जोडेको रियाल मड्रिड तेस्रो स्थानमा झरेको छ ।
ला–लिगाका अन्य खेलहरुमा ओसासुनाले डेपोर्टीभो आलाभेजलाई १–० ले हराउँदा लेभान्ते र एथ्लेटिक बिल्बाओ तथा आइबार र हुएस्काले एक एक गोलको बराबरी खेलेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया