वैशाख ७ देखि दोस्रो चरणको खोप सुरु हुने

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन २२, २०७७
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • सरकारले पहिलो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाउने भएको छ ।
  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको ‘कोभिड–१९ खोपको विज्ञान र नेपालमा खोप अभियान’ विषयक छलफल कार्यक्रममा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले पहिलो लगाएको खोपको मात्रा लगाएको आठ हप्तापछि दोस्रो मात्रा लगाउनुपर्ने भएकाले आगामी वैशाख ७ देखि १५ गतेसम्म दोस्रो मात्रा लगाउने तयारी गरिएको बताए ।
  • माघ र फागुनमा पहिलो मात्रा लगाएको आठ हप्ता पुगेपछि सबैलाई वैशाख ७ गतेदेखि नै खोप लगाउने थालिएको हो ।

सरकारले पहिलो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाउने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको ‘कोभिड–१९ खोपको विज्ञान र नेपालमा खोप अभियान’ विषयक छलफल कार्यक्रममा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले पहिलो लगाएको खोपको मात्रा लगाएको आठ हप्तापछि दोस्रो मात्रा लगाउनुपर्ने भएकाले आगामी वैशाख ७ देखि १५ गतेसम्म दोस्रो मात्रा लगाउने तयारी गरिएको बताए ।

माघ र फागुनमा पहिलो मात्रा लगाएको आठ हप्ता पुगेपछि सबैलाई वैशाख ७ गतेदेखि नै खोप लगाउने थालिएको हो । पहिलो चरणको खोप अभियानअन्तर्गत माघ १४ देखि ३० गतेसम्म लगाएका स्वास्थ्यकर्मी, अग्रपङ्क्तिमा काम गरेका सुरक्षाकर्मी, पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलगायतलाई ‘कोभिशिल्ड’ को दोस्रो मात्रा वैशाख ७ देखि १५ गतेसम्म लगाइने भएको छ ।

पहिलो चरणको खोप अभियान माघ १४ देखि फागुन पहिलो हप्तासम्म करिब चार लाख २९ हजारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाइएको थियो । उक्त खोप अभियानमा कूल जनसङ्ख्या १.४ प्रतिशतलाई खोप प्रदान गरिएको थियो । सरकारले ७२ प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकाविहानै मतदानमा नेताहरु, रामचन्द्र पौडेलदेखि प्रचण्डसम्म तस्विरसहित
एकाविहानै मतदानमा नेताहरु, रामचन्द्र पौडेलदेखि प्रचण्डसम्म तस्विरसहित
उपकुलपतिका विषयमा थुप्रै उजुरी परेका छन्, छानबिन हुन्छ : प्रधानमन्त्री ओली
उपकुलपतिका विषयमा थुप्रै उजुरी परेका छन्, छानबिन हुन्छ : प्रधानमन्त्री ओली
यसकारण बन्द भए भद्रगोल,जिरे खुर्सानी र  मेरी बास्सै
यसकारण बन्द भए भद्रगोल,जिरे खुर्सानी र मेरी बास्सै
मन्त्रिपरिषद्को बैठकको निर्णय
मन्त्रिपरिषद्को बैठकको निर्णय
‘नेम्वाङको निधनसँगै संसदीय सूचनाको प्रमुख स्रोत गुमेको छ’
‘नेम्वाङको निधनसँगै संसदीय सूचनाको प्रमुख स्रोत गुमेको छ’
काङ्ग्रेस केन्द्र्रीय कार्यसम्पादन समिति गठन गर्दै
काङ्ग्रेस केन्द्र्रीय कार्यसम्पादन समिति गठन गर्दै
यस्तो छ मंगलबार बिदेशी मुद्राको विनिमयदर
यस्तो छ मंगलबार बिदेशी मुद्राको विनिमयदर
पीपीएल क्रिकेटः धनगढीकाे जित, शिर्ष ३ का लागि पाँच टाेली दावेदार
पीपीएल क्रिकेटः धनगढीकाे जित, शिर्ष ३ का लागि पाँच टाेली दावेदार
प्रचण्डको स्पीड तीव्र, माधव नेपाल र वामदेव गौतमसँगको भेट बाक्लियो
कन्चनपुर घटनाका मृतक खुन्ना सहिद घोषित, खुन्ना र निर्मला परिवारलाई १०–१० लाख दिने निर्णय
कन्चनपुर घटनाका मृतक खुन्ना सहिद घोषित, खुन्ना र निर्मला परिवारलाई १०–१० लाख दिने निर्णय

तपाईंले छुटाउनुभयो कि?