एकीकृत समाजवादीको सचिवालय बैठक सुरु
सारांश
- काठमाडौं ।
- नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सुरु भएको छ ।
- आजदेखि कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा सचिवालय बैठक सुरु भएको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सुरु भएको छ । आजदेखि कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा सचिवालय बैठक सुरु भएको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।
उनका अनुसार बैठक तीन दिनसम्म सञ्चालन हुने छ । आजको बैठकमा एकवर्षे पार्टी सङ्गठन सुदृढ अभियानको समीक्षा गरिने छ ।
यसैगरी कतिपय नेता तथा कार्यकर्ताले पार्टीको जिम्मेवारी छाडेकाले त्यस स्थानमा कसलाई जिम्मेवारी दिने भन्ने विषयमा समेत छलफल हुने उपाध्यक्ष पाण्डेले बताए ।
पार्टी गठनमा साथ दिएका मुकुन्द न्यौपाने, केदार न्यौपाने, चुडामणि जङ्गली लगायतले नेकपा (एकीकृत समाजवादी) पार्टी केही समयअघि मात्रै छाडेका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया