कोल्टे फेर्दै राजनीति

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २०, २०७८
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले समर्थन फिर्ता नलिएकै अवस्थामा विश्वासको मत लिने भएका छन्।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले त्यही प्रयोजनका लागि आइतबार वैशाख २७ गतेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन्।
  • मन्त्रिपरिषद्को आइतबारै बसेको बैठकले अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले समर्थन फिर्ता नलिएकै अवस्थामा विश्वासको मत लिने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले त्यही प्रयोजनका लागि आइतबार वैशाख २७ गतेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन्। मन्त्रिपरिषद्को आइतबारै बसेको बैठकले अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

प्रधानमन्त्रीले संविधानको धारा १०० (१) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेकाले धारा ९३ (१) बमोजिम वैशाख २७ गते सोमबारका दिन अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ।

एमाले अध्यक्ष ओली माओवादी केन्द्रकै समर्थनमा २०७४ फागुन ३ मा प्रधानमन्त्री बनेका थिए।नेकपा एकता बदर भई साविक पार्टी ब्युँतिएपछि माओवादी केन्द्रका नेताहरूले सरकारलाई समर्थन नरहेको बताउँदै आए पनि फिर्ताको निर्णय भने नगरेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?