प्रधानमन्त्रीको स्वीकारोक्ति : यति ठूलो विपदको पूर्वतयारी थिएन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १५, २०८१
|
|
२५ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको स्वीकारोक्ति : यति ठूलो विपदको पूर्वतयारी थिएन

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विपद्पछि पुनर्निमाणमा योजनाबद्ध ढंगबाट अघि बढ्ने बताएका छन्।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा ओलीले सरकार जनताले भोगिरहेको पीडामा उद्धार, राहत, सहयोग र पुनर्निर्माणका काममा लाग्ने बताए।

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विपद्पछि पुनर्निमाणमा योजनाबद्ध ढंगबाट अघि बढ्ने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा ओलीले सरकार जनताले भोगिरहेको पीडामा उद्धार, राहत, सहयोग र पुनर्निर्माणका काममा लाग्ने बताए।

यस प्रकारको विपत्ति आउला भन्ने अनुमान नभएको भन्दै सरकारले गरेको पूर्व तयारी भएपनि यति ठूलो होला भन्ने अनुमान नगरिएको भन्दै विपदमा नेपाली एक भएर साझा विपत्तिको सामना गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिए। उनले विपदमा सरकारले राम्रा काम गरेको भन्दै कमजोरी मात्र देखाउन नमिल्ने बताए। ”सरकाले केही गर्दै नगरेको होइन सक्दो गरेको छ । यद्यपि आगामी दिनमा कमी कमजोरी हुन दिनुहुँदैन’, प्रधानमन्त्रीको भने।

प्रधानमन्त्री ओलीले यो बेलामा जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर खोज, उद्धार, राहत र सहयोगमा साथ दिन आव्हान गरे। “यो सरकारको मात्रै होइन, सिङ्गो समाजको दुःखको विषय हो । हामी सबै विपद्का घटनाबाट दुःखी छौं।” प्रधानमन्त्री ओलीले भने, “कतिपय संरचनागत त्रुटीका कारण पनि क्षतिहरु भएका छन् । आगामी दिनमा संरचना निर्माण गर्दा विपद्को सामना गर्न सक्ने र दीर्घकालीनरुपमा सबल संरचना बनाइनेछ ।” प्रधानमन्त्रीले भने।

प्रधानमन्त्री ओलीले सरकारको पूर्व तयारी भन्दा ठुलो मात्रामा विपद् आएकाले उद्धार र खोजमा कमीकमजोरी भएको हुनसक्ने तर आगामी दिनमा त्यस्ता कुराहरुलाई सच्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले राज्य र समाजसँग भएका स्रोत, साधनको सक्दो उपयोग गर्नुपर्ने बताए।

धितोपत्र बोर्डको अध्यक्षको नियुक्तिका सम्बन्धमा सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले अघिल्लो सरकारका पालामा नियुक्तिको प्रक्रिया सुरु भएको र त्यसमा उठेको अनियमितताका सवाल रोक्न आफूले आग्रह गरेको र आफूलाई कुनै पनि नियुक्तिवापत् कुनै लाभ लिनु आवश्यक नभएको स्पष्ट गरे।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    bestiptv-smarters

    Excellent blog here Also your website loads up very fast What web host are you using Can I get your affiliate link to your host I wish my web site loaded up as quickly as yours lol

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?