प्रधानमन्त्रीको रुपमा महन्थ ठाकुरलाई अघि सार्ने तयारी

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २९, २०७८
|
|
२८ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको रुपमा महन्थ ठाकुरलाई अघि सार्ने तयारी

सारांश

  • जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर र संघीय परिषद अध्यक्ष डा.
  • बाबुराम भट्टराईबीच भेटवार्ता सुरु भएको छ ।
  • डा.

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता सुरु भएको छ । डा. भट्टराईको निवासमा भर्खरै दुई नेताबीच छलफल सुरु भएको हो । जसपाका नेता राजकिशोर यादवले दिएको जानकारीअनुसार वैकल्पिक सरकारको नेतृत्व जसपाले नै लिनेगरि दुई नेताबीच छलफल सुरु भएको हो ।

यसअघि ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए । प्रधानमन्त्री ओलीसँगको भेटवार्ता लगत्तै ठाकुर र राजेन्द्र महतो राष्ट्रपति विद्यादेवी भण्डारीलाई शितलनिवासमा भेट्न पुगेका थिए । शितलनिवासको भेटवार्ता सकेर ठाकुर सिधै भट्टराई निवास पुगेका हुन् । आज विहान डा. भट्टराईले सबै दलको सहभागितामा र वर्तमान र पूर्व प्रधानमन्त्री बाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाउनुपर्ने प्रस्ताव अघि सारेका थिए । बाबुरामको उक्त प्रस्तावले पनि ठाकुर सरकारका नेतृत्व लिनेगरि हौसिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?