पुन: मतगणना माग्दै उच्च अदालतमा सातवटा मुद्दा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १३, २०७४
|
|
२० पटक हेरिएको
Shares
पुन: मतगणना माग्दै उच्च अदालतमा सातवटा मुद्दा

सारांश

  • श्रावण १३, २०७४- मतगणनामा अनियमितता भएको भन्दै तीन जिल्लाका मुख्य निर्वाचन अधिकृतविरुद्ध उच्च अदालतमा सातवटा मुद्दा दर्ता भएका छन्।
  • दर्ता भएका मुद्दामध्ये उदयपुरबाट एक, ओखलढुंगाबाट चार र सोलुखुम्बुबाट दुईवटा छन्।
  • सबै मुद्दा मतपरिणाम प्राप्त भएको मितिले १५ दिनभित्रको म्याद पारेर दर्ता भएको अदालतका निमित्त रजिस्ट्रार धु्रव कार्कीले बताए।

श्रावण १३, २०७४- मतगणनामा अनियमितता भएको भन्दै तीन जिल्लाका मुख्य निर्वाचन अधिकृतविरुद्ध उच्च अदालतमा सातवटा मुद्दा दर्ता भएका छन्। दर्ता भएका मुद्दामध्ये उदयपुरबाट एक, ओखलढुंगाबाट चार र सोलुखुम्बुबाट दुईवटा छन्।

सबै मुद्दा मतपरिणाम प्राप्त भएको मितिले १५ दिनभित्रको म्याद पारेर दर्ता भएको अदालतका निमित्त रजिस्ट्रार धु्रव कार्कीले बताए। ओखलढुंगाको चिशंखुगढी गापा प्रमुखका उम्मेदवार भीमबहादुर थापा, मानेभन्ज्याङ–२ का वडाध्यक्ष उम्मेदवार राममणि राई, मोलुङ गाउँपालिका–४ का वडाध्यक्ष उम्मेदवार प्रेमप्रसाद खतिवडा र सुनकोसी गापा–७ का वडाध्यक्ष उम्मेदवार रत्नकुमार श्रेष्ठले मुद्दा हालेका हुन् । उदयपुर,  त्रियुगा नगरपालिकामा कांग्रेसबाट मेयर उम्मेदवार वसन्तकुमार बस्नेत र ११ नं. वडाध्यक्ष उम्मेदवार सुमन्त कोइरालाले पुन: गणनाको माग राखेका छन् ।

सोलुखुम्बुको लिखुपिके–२ र ४ का वडाध्यक्ष उम्मेदवारहरू सूर्यबहादुर बस्नेत र सुरज बस्नेतले पनि निर्वाचन कार्यालयलाई विपक्षी बनाई मुद्दा दर्ता गराएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसको भातृ संगठन तरुण दलका नेता पेस्तोलसहित पक्राउ
कांग्रेसको भातृ संगठन तरुण दलका नेता पेस्तोलसहित पक्राउ
सांसदहरुको बिदाइमा नेताको सम्बोधन,सभामुखको रात्रिभोज,सांसदले पाउने भए स्थायी लोगो;
सांसदहरुको बिदाइमा नेताको सम्बोधन,सभामुखको रात्रिभोज,सांसदले पाउने भए स्थायी लोगो;
सर्‍यो कक्षा १२ को पूरक परीक्षा
सर्‍यो कक्षा १२ को पूरक परीक्षा
टिचिङ अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेल चिकित्सकको निगरानीमा
टिचिङ अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेल चिकित्सकको निगरानीमा
११ वर्षको उमेरमा गायन क्षेत्रमा प्रवेश गरेकी स्मिता को हुन् ?
११ वर्षको उमेरमा गायन क्षेत्रमा प्रवेश गरेकी स्मिता को हुन् ?
माओवादीलाई मन्त्रीबाट बर्खास्त गर्न किन नपाउने ? प्रधानमन्त्री,
माओवादीलाई मन्त्रीबाट बर्खास्त गर्न किन नपाउने ? प्रधानमन्त्री,
शिवमाया कानुनमन्त्री पक्का, महेशलाई शहरी विकास
शिवमाया कानुनमन्त्री पक्का, महेशलाई शहरी विकास
दाङमा सवारी दुर्घटना : ६ महिनामा २५ जनाले ज्यान गुमाए
दाङमा सवारी दुर्घटना : ६ महिनामा २५ जनाले ज्यान गुमाए
छोराछोरी सरह बिरुवा हुर्काउँदै नेपाली सेना
छोराछोरी सरह बिरुवा हुर्काउँदै नेपाली सेना
उपत्यकामा आज एकै दिन ११ सय ७ जना कोरोना संक्रमण पुष्टि

तपाईंले छुटाउनुभयो कि?