अब खुल्ने भो इजरायल !!! सुरुमा १५ सय नेपाली कामदार लगिने…

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ४, २०७३
|
|
२०३ पटक हेरिएको
Shares
अब खुल्ने भो इजरायल !!! सुरुमा १५ सय नेपाली कामदार लगिने…

सारांश

  • वैदेशिक रोजगार विभागले इजरायलमा १५ सय नेपाली कामदार पठाउन कोटा माग गर्ने भएको छ ।
  • इजरायलले ‘केयरगिभर’ सहित कृषि र औद्योगिक क्षेत्रमा पनि नेपाली कामदार पठाउन प्रस्ताव राखेपछि विभागले थप कोटा माग्न लागेको हो ।
  • ‘अहिलेसम्म नेपालबाट ‘केयरगिभर’ मा मात्रै पठाउने गरेकोमा कृषि र औद्योगिक क्षेत्रमा पनि नेपाली कामदार पठाउन प्रस्ताव आएको छ,’ विभागका महानिर्देशक शत्रुघ्नप्रसाद पुडासैनीले कान्तिपुरलाई भने, ‘हामीले केयरगिभर, कृषि र औद्योगिक (उत्पादन) क्षेत्रमा ५/५ सयका दरले १५ सय जनाको कोटा माग गर्ने भएका हौं ।

वैदेशिक रोजगार विभागले इजरायलमा १५ सय नेपाली कामदार पठाउन कोटा माग गर्ने भएको छ ।

इजरायलले ‘केयरगिभर’ सहित कृषि र औद्योगिक क्षेत्रमा पनि नेपाली कामदार पठाउन प्रस्ताव राखेपछि विभागले थप कोटा माग्न लागेको हो । ‘अहिलेसम्म नेपालबाट ‘केयरगिभर’ मा मात्रै पठाउने गरेकोमा कृषि र औद्योगिक क्षेत्रमा पनि नेपाली कामदार पठाउन प्रस्ताव आएको छ,’ विभागका महानिर्देशक शत्रुघ्नप्रसाद पुडासैनीले कान्तिपुरलाई भने, ‘हामीले केयरगिभर, कृषि र औद्योगिक (उत्पादन) क्षेत्रमा ५/५ सयका दरले १५ सय जनाको कोटा माग गर्ने भएका हौं ।’

images-10

आर्थिक स्थिति र कामदार सुरक्षाका हिसाबले इजरायल आकर्षक गन्तव्य हो । इजरायल र नेपालबीच कामदार पठाउने विषयमा सम्झौता भएपछि हाल ‘केयरगिभर’ मा परीक्षणका रूपमा कामदार पठाउन सुरु भइसकेको छ । ‘सरकारी सम्झौताअनुसार ५९ जना महिला केयरगिभर गइसकेका छन् । एक जनाको घरायसी कारणले जान ढिला भएको छ,’ पुडासैनीले भने, ‘पछिल्लो समय जानेमा सबै नर्स, अहेब र अनमी छन् ।’ इजरायलस्थित नेपाली दूतावासका अनुसार त्यहाँ पुगेका सबै नेपालीले कामसमेत पाइसकेका छन् । कतिपयलाई काममा समस्या भएर कामको स्थानान्तरणसमेत भएको जानकारी रहेको उल्लेख गरेको छ । निजी क्षेत्रबाट पठाउँदा म्यानपावरबाट कामदार अधिक शोषित हुन थालेपछि ९ वर्ष नेपाली कामदार जान रोकिएको थियो । दुई देशका सरकारबीच सहमति भएपछि इजरायलले नेपाली कामदारको संख्या बढाउन थालेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनाव कुनै पनि हालतमा रोकिदैन, उम्मेदवार र मतदातालाई सुरक्षादिन सरकार तयार छ-ज्ञानेन्द्रबहादुर कार्की
चुनाव कुनै पनि हालतमा रोकिदैन, उम्मेदवार र मतदातालाई सुरक्षादिन सरकार तयार छ-ज्ञानेन्द्रबहादुर कार्की
वाईडबडी घोटाला : जीतेन्द्र देवलाई बचाउन गच्छदार ओलीको शरणमा !
वाईडबडी घोटाला : जीतेन्द्र देवलाई बचाउन गच्छदार ओलीको शरणमा !
बाबुछोरा हत्या प्रकरणः निराशा र असफलताले निम्त्याएको एउटा दुःखद् घटना
बाबुछोरा हत्या प्रकरणः निराशा र असफलताले निम्त्याएको एउटा दुःखद् घटना
विवाहको गाडी दुर्घटना हुँदा भारतमा २१ को मृत्यु
विवाहको गाडी दुर्घटना हुँदा भारतमा २१ को मृत्यु
कोटेश्वर–जडीबुटी सडक: तिहारअघि बेलिब्रिज सञ्चालनमा
कोटेश्वर–जडीबुटी सडक: तिहारअघि बेलिब्रिज सञ्चालनमा
माओवादीले गरे एमाले कार्यकर्ताको हत्या : जंगली रुपमा प्रस्तुत हुँदै माओवादी केन्द्र
माओवादीले गरे एमाले कार्यकर्ताको हत्या : जंगली रुपमा प्रस्तुत हुँदै माओवादी केन्द्र
सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला ९२ हजार दुई सय
सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला ९२ हजार दुई सय
उड्न लागेको जहाज रनवे बाहिर जाँदा विमानस्थलमा उडान ठप्प
उड्न लागेको जहाज रनवे बाहिर जाँदा विमानस्थलमा उडान ठप्प
पुँजीवादले कम्युनिस्ट आन्दोलनलाई निल्ने खतरा : घनश्याम भुसाल
पुँजीवादले कम्युनिस्ट आन्दोलनलाई निल्ने खतरा : घनश्याम भुसाल
सरकारी जागिर खाएर कसैकाे सुराकी बन्नु भन्दा त व्यापार नै गरौँ कि ?
सरकारी जागिर खाएर कसैकाे सुराकी बन्नु भन्दा त व्यापार नै गरौँ कि ?