देउवसँग किन कड्किए ओली ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ८, २०७८
|
|
२८ पटक हेरिएको
Shares
देउवसँग किन कड्किए ओली ?

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आजको वक्तव्यलाई लिएर असन्तुष्टि पोखेका छन् ।
  • आज (शनिबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुद्धिबहादुर रायमाझीको १६ वर्षे जेल जीवनको पुस्तक लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
  • उनले उक्त विज्ञप्ती आफूले हेरेको उल्लेख गर्दै भने-“राष्ट्रपतिलाई तपाईँसम्म भन्ने सभ्यता नेपाली कांग्रेसमा रहेनछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आजको वक्तव्यलाई लिएर असन्तुष्टि पोखेका छन् । आज (शनिबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुद्धिबहादुर रायमाझीको १६ वर्षे जेल जीवनको पुस्तक लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले उक्त विज्ञप्ती आफूले हेरेको उल्लेख गर्दै भने-“राष्ट्रपतिलाई तपाईँसम्म भन्ने सभ्यता नेपाली कांग्रेसमा रहेनछ । सभापतिको तहबाट, राष्ट्रपतिको सम्बन्धमा बोलिएको भाषा तिमी, उनी, यसो गरिन् यस्तो भाषा बोलिएको छ । अथवा सामन्तवादप्रतिको दलाली त्यस ठाउँमा एउटा कुलिन घरहनियाँ जन्मसिद्ध श्रेष्ठताको पाखण्डी सिद्धान्तको आधारमा आएको कुनै नालायक पात्र राजा नामको कोही हुन्थ्यो भने कस्तो कस्तो भाषा बोलेर, निहुरिएर, गोडल्किएर, हात मुसारेर के के भाषा बोल्थे यिनै मान्छेहरु, आज जनताका छोराछोरी सम्मानित पदमा पुगे भने त्यो सम्मान गर्नु हुँदैन भन्ने छ ।

तपाईँ पनि भन्नुहुँदैन राष्ट्रप्रमुखलाई भन्ने ठान्छन् । असभ्य तरिकाले बोल्नु आफ्नो बहादुरी ठान्छ । अरुलाई तँ, तिमी भन्नु बहादुरी ठान्छ । मलाई अरु त चलेकै थियो, नेपाली कांग्रेसका सभापतिको पनि त्यसस्तरको भाषा देखेपछि गणतन्त्रलाई खुईल्याउने अभियानको गहिराई र व्यापकता कहाँसम्म पुगेको छ भन्ने कुरा चाहीँ अचम्म लाग्यो ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?