गैंडा मृत अवस्थामा फेला

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १६, २०७४
|
|
२१ पटक हेरिएको
Shares
गैंडा मृत अवस्थामा फेला

सारांश

  • श्रावण १६, २०७४- नवलपरासीको कावासोती नगरपालिका १७ मा पोथी गैंडा मृत अवस्थामा फेला परेको छ ।
  • सोमबार बिहान ७ बजे नगरपालिकाको अमलटारीमा गैंडा मृत अवस्थामा फेला परेको हो ।
  • नारायणी नदी किनारमा पिकनिक स्पटको झाडीमा सर्वसाधारणले मृत अवस्थामा देखेपछि प्रशासनलाई खबर गरेको सेक्टर वन कार्यालय कावासोतीका प्रमुख कृष्ण देवकोटाले जानकारी दिए ।

श्रावण १६, २०७४- नवलपरासीको कावासोती नगरपालिका १७ मा पोथी गैंडा मृत अवस्थामा फेला परेको छ ।

सोमबार बिहान ७ बजे नगरपालिकाको अमलटारीमा गैंडा मृत अवस्थामा फेला परेको हो । नारायणी नदी किनारमा पिकनिक स्पटको झाडीमा सर्वसाधारणले मृत अवस्थामा देखेपछि प्रशासनलाई खबर गरेको सेक्टर वन कार्यालय कावासोतीका प्रमुख कृष्ण देवकोटाले जानकारी दिए ।

गर्भिणी अवस्थाको गैंडाको मलद्वारबाट आन्द्रा निस्किएको अवस्थामा फेला परेको देवकोटाले बताए । अन्दाजी १६ वर्षको गैंडाको खाग र खुर सुरक्षित रहेकाले बच्चा पाउन नसकेर मरेको हुन सक्ने अनुमान गरिएको छ । गैंडाको पोष्टमार्टमका लागि सौराहबाट चिकित्सकको टोली अमलटारी आउँदै छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?