“निस्ठुरी नसम्झ” बोलको म्युजिक भिडियो यूट्युबको “नौलो डीजीटल” मा

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ९, २०७८
|
|
२७ पटक हेरिएको
Shares
“निस्ठुरी नसम्झ” बोलको म्युजिक भिडियो यूट्युबको “नौलो डीजीटल” मा

सारांश

  • अलीशा अधिकारी, आरएनआर ग्रुप्स यू एस- गीतकार रीमा श्रेष्ठको मीठो शब्दमा गायक कर्ण वीरको सुमधुर स्वरमा सजिएको नयाँ गीत “निस्ठुरी नसम्झ” बोलको म्युजिक भिडियो यूट्युबको “नौलो डीजीटल” च्यानल मार्फत सार्बजनिक भएको छ।
  • दर्जनौं लोकप्रिय गीतमा संगीत भरी सक्नु भएका संगीतकार- अम्बर तुमबापो सुब्बा जी’को संगीत रहेको छ भने संगीत संयोजन रिदम कन्डेलले गर्नु भएको छ।
  • ३ दशक जति आफ्नो जीवन अमेरिकामा बिताई सक्दा पनि तन,मन अनि वचनले नेपाली हुँ भन्ने उदाहरण दिन नेपाली सांगीतिक आकाशमा उदाउॅंदै गर्नु भएकी रीमा श्रेष्ठ आफ्नो पेशाले आई.

अलीशा अधिकारी, आरएनआर ग्रुप्स यू एस-

गीतकार रीमा श्रेष्ठको मीठो शब्दमा गायक कर्ण वीरको सुमधुर स्वरमा सजिएको नयाँ गीत “निस्ठुरी नसम्झ” बोलको म्युजिक भिडियो यूट्युबको “नौलो डीजीटल” च्यानल मार्फत सार्बजनिक भएको छ। दर्जनौं लोकप्रिय गीतमा संगीत भरी सक्नु भएका संगीतकार- अम्बर तुमबापो सुब्बा जी’को संगीत रहेको छ भने संगीत संयोजन रिदम कन्डेलले गर्नु भएको छ।
३ दशक जति आफ्नो जीवन अमेरिकामा बिताई सक्दा पनि तन,मन अनि वचनले नेपाली हुँ भन्ने उदाहरण दिन नेपाली सांगीतिक आकाशमा उदाउॅंदै गर्नु भएकी रीमा श्रेष्ठ आफ्नो पेशाले आई. टि. म्यानेजमेन्टमा रहेपनि नेपाली सांगीतिक उचाईमा एउटा ईटा थप्ने शुभ काम गर्न खोज्दै एउटा “अधुरो सपना” नामक गीति एल्बम पनि बजारमा ल्याउॅंदै हुनुहुन्छ।
येलेन मगरको छायांकनमा रहेको यस म्युजिक भिडियोलाई निर्देशक एकान्त मगरले निर्देशन गर्नु भएको हो। सार्बजनिक म्युजिक भिडियोमा गायक कर्ण वीर स्वयम र मनिषा कार्कीले मोडलिङ गर्नु भएको छ। कर्ण वीर आफैमा एक असल गायक, गीतकार र मोडल पनि हुनु हुन्छ।
महान संगीतकार न्ह्यू बज्राचार्य, संगीतकार अनुप रेग्मी र येदिन गजमेरहरू संग पनि काम गरि सक्नु भएकी रीमा श्रेष्ठ, अन्य एल्बम र गीतमा पनि काम गरि राख्नु भएको छ।येलेन मगरको छायांकनमा रहेको यस म्युजिक भिडियोलाई निर्देशक एकान्त मगरले निर्देशन गर्नु भएको हो। सार्बजनिक म्युजिक भिडियोमा गायक कर्ण वीर स्वयम र मनिषा कार्कीले मोडलिङ गर्नु भएको छ। कर्ण वीर आफैमा एक असल गायक, गीतकार र मोडल पनि हुनु हुन्छ।
महान संगीतकार न्ह्यू बज्राचार्य, संगीतकार अनुप रेग्मी र येदिन गजमेरहरू संग पनि काम गरि सक्नु भएकी रीमा श्रेष्ठ, अन्य एल्बम र गीतमा पनि काम गरि राख्नु भएको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?