निषेधाज्ञा उल्लंघन गर्ने १७२३ सवारी साधन नियन्त्रणमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १४, २०७८
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७ सय २३ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • तीमध्ये ४ सय ५५ वटा गाडी र १ हजार २ सय ६८ वटा मोटरसाइकल रहेका छन् ।
  • नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छाड्ने गरेको छ ।

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७ सय २३ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ४ सय ५५ वटा गाडी र १ हजार २ सय ६८ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छाड्ने गरेको छ ।

साथै नयाँ भेरियन्ट सहितको कोभिड(१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई रु’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ६ सय १५ जनालाई निस्शुल्क मास्क वितरण गरेको जनाएको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने १ सय ८२ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम २१ हजार रुपैयाँ जरिवाना गरिएको छ । साथै २ हजार ६ सय १३ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित ८९ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत १६ हजार ३ सय ९७ जनालाई सचेत गराइएको छ ।

निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनताले जे रुचाउँछन् त्यस काममा केन्द्रित हुनुहोस: प्रधानमन्त्री ओली
जनताले जे रुचाउँछन् त्यस काममा केन्द्रित हुनुहोस: प्रधानमन्त्री ओली
नारायणगढ मुग्लिन सडक रोकियो
नारायणगढ मुग्लिन सडक रोकियो
मुलुकका सबै क्षेत्रमा छिट्टै टेलिफोन सेवा पुर्‍याउँछौँ : मन्त्री शर्मा
मुलुकका सबै क्षेत्रमा छिट्टै टेलिफोन सेवा पुर्‍याउँछौँ : मन्त्री शर्मा
पाम आयल आयातमा प्रतिबन्ध खुलाउन भारतलाई पत्र
पाम आयल आयातमा प्रतिबन्ध खुलाउन भारतलाई पत्र
‘प्रेम गीत ३’ हिरोइन् क्रिष्टिना : आफ्नो तर्फबाट शत प्रतिशत दिनेछु
‘प्रेम गीत ३’ हिरोइन् क्रिष्टिना : आफ्नो तर्फबाट शत प्रतिशत दिनेछु
उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेशको स्वास्थ्य अवस्था गम्भीर
उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेशको स्वास्थ्य अवस्था गम्भीर
भारत-पाकिस्तान तनाव, गोली हानाहानमा सैनिकको मृत्यु
भारत-पाकिस्तान तनाव, गोली हानाहानमा सैनिकको मृत्यु
दुई वर्षमा ३२६ छोरीका खाता
दुई वर्षमा ३२६ छोरीका खाता
वैदेशिक रोजगारीमा मृत्यु हुनेको सङ्ख्या डरलाग्दो
वैदेशिक रोजगारीमा मृत्यु हुनेको सङ्ख्या डरलाग्दो
यसकारण तिन पटक सुचना निकालेर लिलामी गर्दा पनि बिक्रि भएन चीन सरकारले अनुदान दिएकाे खाने तेल
यसकारण तिन पटक सुचना निकालेर लिलामी गर्दा पनि बिक्रि भएन चीन सरकारले अनुदान दिएकाे खाने तेल

तपाईंले छुटाउनुभयो कि?