नेपाली ज्योतिष तथा वास्तु विज्ञ वर्ल्ड बुक अफ रेकर्ड्सबाट सम्मानित

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १७, २०७८
|
|
२८ पटक हेरिएको
Shares
नेपाली ज्योतिष तथा वास्तु विज्ञ वर्ल्ड बुक अफ रेकर्ड्सबाट सम्मानित

सारांश

  • अन्तराष्ट्रियरुपमै ख्याती कमाएका नेपाली ज्योतिष तथा वास्तुविद् डा.
  • कैलाश प्रसाश शाह वर्ल्ड बुक अफ लण्डनबाट सम्मानित भएका छन् ।
  • वर्ल्ड बुक अफ रेकर्ड्सबाट सम्मानित हुने पहिलो नेपाली ज्योतिष तथा वास्तुविद् हुन् ।

अन्तराष्ट्रियरुपमै ख्याती कमाएका नेपाली ज्योतिष तथा वास्तुविद् डा. कैलाश प्रसाश शाह वर्ल्ड बुक अफ लण्डनबाट सम्मानित भएका छन् । वर्ल्ड बुक अफ रेकर्ड्सबाट सम्मानित हुने पहिलो नेपाली ज्योतिष तथा वास्तुविद् हुन् । यो सम्मानले नेपाली ज्योतिष तथा वास्तुविद् पनि विश्वस्तरका रहेको प्रमाणित भएको डा. शाहले बताए ।

डा. शाह राजधानी काठमाडौँलाई आधार बनाएका ज्योतिष तथा वास्तुविद् हुन् । उनको प्रशिद्धि नेपाल र भारतमा मात्रै नभई पश्चिमी मुलुकहरुमा पनि छ । अध्यात्मिक सेमिनार र सम्मेलनहरुमा शाह पटक पटक नेपालको प्रतिनिधित्व गर्दै सहभागि हुने गर्छन् ।

डा. शाहले वैकल्पिक चिकित्सा परिषद कलकत्ताबाट ज्योतिषमा पिएचडी गरेका छन् । यसबाहेक उनले भारतीय काउन्सिलबाट दुई डक्टरेट सम्मान पनि पाएका छन् । प्रारम्भिक वर्षहरुमा विज्ञानको विद्यार्थी रहेका डा. शाहको आध्यात्मिक ज्ञानको अनुयायी संसारभर रहेका छन् । उनी धेरै कलाकार, मोडेल, खेल व्यक्तित्व, संगीतकार र राजनीतिज्ञ को लागी एक सेलिब्रिटीका ज्योतिषी र वास्तु शास्त्र सल्लाहकार पनि हुन् ।

डा. शाहबाट विश्वका धेरै चर्चित व्यक्तित्वहरुले ज्ञान लिएका छन् । भारतका पूर्व राष्ट्रपति प्रतिभा पाटिल, आठ अन्य देशका राज्य प्रमुख सहित धेरै अन्य राजनीतिज्ञहरुले उनीसँग दिक्षा लिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?