बुटवलमा कांग्रेस र माओवादी केन्द्र चुनावी तालमेलःकांग्रेस मेयरमा,उपमेयरमा माओवादी

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ३१, २०७४
|
|
४० पटक हेरिएको
Shares
बुटवलमा कांग्रेस र माओवादी केन्द्र चुनावी तालमेलःकांग्रेस मेयरमा,उपमेयरमा माओवादी

सारांश

  • बुटवल ।
  • बुटवल उपमहानगरपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच मुख्य पदमा चुनावी तालमेल भएको छ ।
  • कांग्रेसले मेयर र माओवादीले उपमेयरमा उम्मेदवारी दिने भएका छन् ।

बुटवल । बुटवल उपमहानगरपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच मुख्य पदमा चुनावी तालमेल भएको छ । कांग्रेसले मेयर र माओवादीले उपमेयरमा उम्मेदवारी दिने भएका छन् ।

माओवादी केन्द्रीय कार्यालय सदस्य डिलाराम आचार्यका अनुसार मेयर कांग्रेसलाई र उपमेयर माओवादी केन्द्रलाई दिने गरी तालमेलको सहमति भएको हो । मेयरमा कांग्रेसका खेलराज पाण्डे र उपमेयरमा माओवादीका जगत पोखरेलले गठबन्धनका तर्फबाट उम्मेदवारी दिने भएका छन् ।

माओवादी नेता आचार्यका अनुसार रूपन्देहीको देवदह नगरपालिकामा पनि कांग्रेस र माओवादीवीच प्रमुख पदमा तालमेल हुने भएको छ । यहाँ पनि मेयरमा कांग्रेसले र उपमेयरमा माओवादीले उम्मेदवारी दिनेछन् । मेयरमा हिराबहादुर खत्री र उपमेयरमा टीका न्यौपाने गौतमलाई उम्मेदवार बनाउने कांग्रेस र माओवादीले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेस रूपन्देहीका सभापति अब्दुल रज्जाक र माओवादी जिल्ला इन्चार्ज हकिकुल्ला खाँद्वारा हस्ताक्षरित विज्ञप्तिमा दुवै स्थानका गठबन्धन उम्मेदवारलाई विजयी गराउन दुवै पार्टीका नेता तथा कार्यकर्ता, समर्थक, शुभेच्छुक तथा मतदातामा अपिल गरिएको छ । दुवै नगरपालिकाको वडा तहमा तालमेल गर्न स्थानीय पार्टी कमिटीलाई जिम्मा दिएको नेता आचार्यले बताए ।

त्यस्तै रूपन्देहीका अन्य स्थानीय निकायमा तालमेलका लागि छलफल जारी रहेको छ ।

(www.speedclean.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वदलीय बैठक अगाडि बालुवाटारमा मन्त्रिपरिषद बैठक
सर्वदलीय बैठक अगाडि बालुवाटारमा मन्त्रिपरिषद बैठक
जनताको आवाज लेख्नेलाई हतकडी हैन सम्मान गर सरकार
जनताको आवाज लेख्नेलाई हतकडी हैन सम्मान गर सरकार
कङ्ग्रेस जन हरु आफ्नो पार्टीको चुनाव चिन्ह गोलाकार भित्र को हसिया हतौडा हुदा गर्व गरेको छन र माओवादी केन्द्र का मित्र हरु चुनाव चिन्ह रुख हुदा भुइँमा खुट्टा छैन ।-सरोज शर्मा ओली
कङ्ग्रेस जन हरु आफ्नो पार्टीको चुनाव चिन्ह गोलाकार भित्र को हसिया हतौडा हुदा गर्व गरेको छन र माओवादी केन्द्र का मित्र हरु चुनाव चिन्ह रुख हुदा भुइँमा खुट्टा छैन ।-सरोज शर्मा ओली
आजको मौसमः तीन प्रदेशमा आंशिक बदली रहने, तराइमा हुस्सु र कुइराे लाग्ने
आजको मौसमः तीन प्रदेशमा आंशिक बदली रहने, तराइमा हुस्सु र कुइराे लाग्ने
अल्पमतमा परेका प्रचण्डले किन लिन खोज्दैछन् विश्वासको मत ?
अल्पमतमा परेका प्रचण्डले किन लिन खोज्दैछन् विश्वासको मत ?
संविधान संशाेधन विरूद्ध कांग्रेस-माअाेवादीकै कार्याकर्ता सडकमा…
बैँकले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ : अर्थमन्त्री खतिवडा
बैँकले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ : अर्थमन्त्री खतिवडा
सुन्दरीजल खानेपानी प्रशोधन केन्द्र आगामी महिना सम्पन्न हुने
सुन्दरीजल खानेपानी प्रशोधन केन्द्र आगामी महिना सम्पन्न हुने
महाधिवेशनलाई आन्दोलन र अभियानको रुपमा लैजान्छौं : कमल थापा
महाधिवेशनलाई आन्दोलन र अभियानको रुपमा लैजान्छौं : कमल थापा
गर्भावस्थामा नरिवल पानी पिउनुका ५ फाइदा
गर्भावस्थामा नरिवल पानी पिउनुका ५ फाइदा