नयाँ शक्तिको प्रवक्ताबाट देवकोटाले दिए राजीनामा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १३, २०७४
|
|
१९ पटक हेरिएको
Shares
नयाँ शक्तिको प्रवक्ताबाट देवकोटाले दिए राजीनामा

सारांश

  • काठमाडौं ।
  • नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाले पार्टी उल्टो बाटोमा हिँडेको भन्दै पदबाट राजिनामा दिएका छन् ।
  • स्थानीय तह निर्वाचनमा पार्टीले हार ब्यहोरेकोमा जिम्मेवारी लिँदै उनले पदबाट राजिनामा दिएको बताएका छन् ।

काठमाडौं । नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाले पार्टी उल्टो बाटोमा हिँडेको भन्दै पदबाट राजिनामा दिएका छन् । स्थानीय तह निर्वाचनमा पार्टीले हार ब्यहोरेकोमा जिम्मेवारी लिँदै उनले पदबाट राजिनामा दिएको बताएका छन् । पार्टीले भोगेको पराजयप्रति जिम्मेवारी कोही न कोहीले त लिनुपर्ने भन्दै आफूले राजिनामा दिएको देवकोटाले बताए। उनले बुझाएको ६ बुँदे पत्रको चौथो बुँदामा यसबारे उल्लेख गरेका छन् ।

‘२०७० सालको निर्वाचनमा आफु संलग्न रहेको पार्टी पहिलोवाट तेश्रोमा झर्दा नैतिकका आधारमा अध्यक्षले राजिनामा दिनुपर्छ भनियो निकै जोड गरियो नयाँ शक्तिको खाँचो यसकारण पनि छ भनेर त्यसैलाई पनि कारण बनाइयो’ उनले लेखेका छन् ‘तर आज आफूलाई पर्दा ती प्रसंगवश पनि देखा परेनन्। त्यसैले कहिँ न कहिँ समस्या छ। यस्तो लागेर कसै न कसैले जिम्मा लिन पर्छ भन्ने महसुस भइ मैले नैतिक जिम्मेवारी लिदै पार्टी प्रवक्ता, सञ्चार विभाग प्रमुख र कार्यकारी समितिको पद परित्याग गर्ने निश्कर्षमा पुगेको व्यहोरा यस अघि अनौपचारिक छलफलमा व्यक्त गरेकै थिए। सोही कुरालाई अहिले औपचारिक रुपमा यो जिम्मेवारी परित्यागको पत्र प्रेषित गरेको छु ।’

नेकपा माओवादी केन्द्रबाट अलग भएर नयाँ शक्ति पार्टी नेपालमा सहभागी भएका देवकोटाले पार्टी गठन भएदेखि नै उल्टो बाटोमा हिँडेको बताए । ‘रंगशालाको लाखौको जमातबाट कमलादीमा केही हजार लिएर पुग्यो। त्यहाँबाट पनि बबरमहलमा केही सय मान्छे लिएर आयौं । बबररमहलबाट पनि तिन सहसंयोजक लिएर संयोजकज्यू पार्टी कार्यकक्षमा प्रवेश गर्नुभो’ देवकोटाले लेखेका छन् ‘त्यस पछिको लगभग असी प्रतिशत समय परिषद सदस्य थप्ने कार्यसमिति सदस्य थप्ने र वढुवा गर्ने ध्यानमा नै प्राय वैठकहरु सकिन थाले। पटक पटक मैले असहमति राख्दै आए तर सुनुवाई भएन। पार्टीको वैकल्पिक राजनीतिको हेक्कासम्म पनि हुन छाडयो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीनवटा ब्रोकर कम्पनीलाई कारबाही
तीनवटा ब्रोकर कम्पनीलाई कारबाही
कृषकलाई हाते ट्र्याक्टर र मकै छोडाउने मेशिन वितरण
कृषकलाई हाते ट्र्याक्टर र मकै छोडाउने मेशिन वितरण
बस दुर्घटनमा एकै ठाउँका २१ घाइते
बस दुर्घटनमा एकै ठाउँका २१ घाइते
दातृ निकायको सहायतामा कुलमानको अर्को कुशलता
ललिता निवास प्रकरणको अनुसन्धानलाई तीव्रता दिँदै प्रहरी
ललिता निवास प्रकरणको अनुसन्धानलाई तीव्रता दिँदै प्रहरी
टेलिकमले ल्यायो एकैपटक १० हजार जनालाई म्यासेज’ पठाउन सकिने सेवा, यस्तो छ तरिका
टेलिकमले ल्यायो एकैपटक १० हजार जनालाई म्यासेज’ पठाउन सकिने सेवा, यस्तो छ तरिका
सिमिकोट जमुनाहा रेलमार्ग अध्ययनका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री चिनियाँ टोलीसहित  हुम्लामा
सिमिकोट जमुनाहा रेलमार्ग अध्ययनका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री चिनियाँ टोलीसहित हुम्लामा
पूर्व प्रधानमन्त्री खालिदा जियाको धरौटी सेप्टेम्बरसम्मका लागि थप !
पूर्व प्रधानमन्त्री खालिदा जियाको धरौटी सेप्टेम्बरसम्मका लागि थप !
वाम गठबन्धनका साझा उम्मेदवार शिवपुजनको उम्मेदवारी खारेज हुने या नहुने फैसला आज हुँदै !
वाम गठबन्धनका साझा उम्मेदवार शिवपुजनको उम्मेदवारी खारेज हुने या नहुने फैसला आज हुँदै !
मुलुकी संहिता संशोधनसम्बन्धी विधेयक पारित
मुलुकी संहिता संशोधनसम्बन्धी विधेयक पारित

तपाईंले छुटाउनुभयो कि?