सत्ता गठबन्धन अर्ली इलेक्सनमा जाने संकेत

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन २०, २०७८
|
|
२१ पटक हेरिएको
Shares
सत्ता गठबन्धन अर्ली इलेक्सनमा जाने संकेत

सारांश

  • सत्ता गठबन्धनमा प्रतिनिधि सभा विघटनको विषयले प्रवेश पाएको छ ।
  • गठबन्धनका नेताहरुको पछिल्ला बैठकमा नेकपा एमालेले प्रतिनिधि सभामा अवरोध कायमै राखे विघटनमा जानेसम्मको विषयले प्रवेश पाएको हो ।
  • आज नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा पनि संसद विघटनको विकल्पबारे समेत छलफल भएको बुझिएको छ ।

सत्ता गठबन्धनमा प्रतिनिधि सभा विघटनको विषयले प्रवेश पाएको छ । गठबन्धनका नेताहरुको पछिल्ला बैठकमा नेकपा एमालेले प्रतिनिधि सभामा अवरोध कायमै राखे विघटनमा जानेसम्मको विषयले प्रवेश पाएको हो ।

आज नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा पनि संसद विघटनको विकल्पबारे समेत छलफल भएको बुझिएको छ । माओवादी अध्यक्ष प्रचण्डले विगतमा पनि वैशाखमै प्रतिनिधि सभाको चुनाव गर्ने गरी जान प्रस्ताव गरेका थिए ।
सत्ता गठबन्धनभित्र यतिबेला चुनावमा तालमेल गरेर जाने विषयले प्रवेश पाएको छ । उनीहरुले एमसीसी पारित गर्दा नै यसबारे भद्र सहमति गरेको बुझिएको छ । दलहरुको पछिल्लो अवस्था र विगतको चुनावी परिणामलाई मध्यनजर गरी गठबन्धनमा सिट भागवण्डा गरेर जाने प्रयास थालिसकेका छन् ।
सत्ता गठबन्धनबीच तालमेल गर्ने प्रयास चलिरहँदा अर्ली इलेक्शनको विषयले फेरि प्रवेश पाएको छ । विगतमा प्रधानमन्त्री नहुँदै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अर्ली इलेक्शनको प्रस्ताव गरेका थिए । देउवा प्रधानमन्त्री भएपछि भने यो विषय ओझेलमा परेको छ ।

प्रचण्डले अर्ली इलेक्शनमा जोड दिदै आएका छन् । उनले एमालेको अवरोध हट्नुपर्ने या विकल्पमा जानुपर्ने विषय अगाडि सार्न थालेका छन् ।

(https://www.enov8.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?