कोरोना कहरः एकैदिन ८०३ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ५, २०७६
|
|
६२ पटक हेरिएको
Shares
कोरोना कहरः एकैदिन ८०३ जनाको मृत्यु

सारांश

  • काठमाडौँ ।
  • विश्वका १६५ देशमा फैलिएको कोरोना (कोभिन १९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा मात्रै ८ सय ३ जनाको ज्यान गएको छ।
  • यो सँगै विश्वभर ज्यान गुमाउनेको संख्या ७ हजार ९ सय ६५ पुगेको छ।

काठमाडौँ । विश्वका १६५ देशमा फैलिएको कोरोना (कोभिन १९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा मात्रै ८ सय ३ जनाको ज्यान गएको छ। यो सँगै विश्वभर ज्यान गुमाउनेको संख्या ७ हजार ९ सय ६५ पुगेको छ।

मंगलबार मात्रै विश्वमा १५ हजार ७ सय ५५ जना नयाँ संक्रमित फेला परेका छन् । यो सँगै संक्रमितको संख्या १ लाख ९८ हजार २ सय २९ पुगेको छ।

यी मध्ये ८१ हजार ७ सय ३८ जना उपचारपछि घर फर्किएको र ७ हजार २० जनाको गम्भीर अवस्थामा उपचार भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

२४ घण्टामा चीनमा संक्रमण र मृत्युदर शून्य
कोरोनाका उद्गमस्थल वुहान लगायत चीनमा कारोनाको संक्रमण पूर्ण रुपमा रोक्किएको छ ।

पछिल्लो २४ घण्टामा चीनमा कुनै पनि मानिस कोरोनाबाट संक्रमित नभएको र कसैको पनि ज्यान नगएको चाइना डेलीले जनाएको छ।

उक्त समाचारका अनुसार चीनमा बुधबार बिहानसम्म ६८ हजार ७ सय २८ जना उपचारपछि घर फर्किसकेका छन् । ३ हजार २ सय २६ जना गम्भीर छन् ।

२४ घण्टामा इटलीमा ३४५ जनाको मृत्यु
कोरोनाको महामारीबाट इटलीमा मंगलबार मात्रै ३ सय ४५ जनाको ज्यान गएको छ । यो सँगै इटलीमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ५ सय ३ जना पुगेको छ ।

बुधबार बिहानसम्म इटलीमा कोरोना संक्रमितको संख्या ३१ हजार ५ सय ६ पुगेको छ । जसमध्ये मंगलबार मात्रै ३ हजार ५ सय २६ जना नयाँ संक्रमित थपिएका थिए ।

स्पेनमा एकैदिन १९१ जनाको ज्यान गयो
इटलीमा मंगलबार एकै दिन १९१ जनाले ज्यान गुमाएका छन् । कोरोना भाइरसले इटलीमा जस्तै स्पेनमा पनि महामारीको रुप लिएको छ।

पछिल्लो २४ घण्टामा स्पेनमा १ हजार ८ सय ८४ जना नयाँ संक्रमित फेला परेका छन् । यो सँगै स्पेनमा कोरोना संक्रमितको संखया ११ हजार ८ सय २६ पुगेको छ । जसमध्य ५ सय ६३ जना गम्भीर छन् ।

इरानमा ज्यान गुमाउनेको संख्या ९ सय ८८ पुग्यो
इरानमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ सय ८८ पुगेको छ। मंगलबार मात्रै इरानमा १ सय २५ जनाको ज्यान गएको थियो ।

हालसम्म इरानमा १६ हजार १ सय ६९ जना कारोनाबाट संक्रमित भएका छन् भने ९ हजार ७ सय ९२ जना पूर्ण रुपमा निको भाएर घर फर्किएका छन् ।

मंगलबार इरान, इटली र स्पेनसँगै, जर्मनी ९, दक्षिण कोरिया ६, फ्रान्स २७, अमेरिका २३, स्विट्जरल्याण्ड ८, यूके १६, नेदरल्याण्ड १९, अष्ट्रिया १, स्विडेन १, जापान १, मलेसिया २, क्यानडा ४, ग्रिस १, ब्राजिल १, पाकिस्तान १, पोल्याण्ड १, इजिप्ट २, इन्डोनेसिया २, इराक १, भारत १ रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शेरबहादुर देउवा पनि मुछिए बालुवाटार जग्गा काण्डमा, जग्गा व्यक्तिको नाममा जानुमा देउबा जिम्मेवार
दुर्घटनामा निधन भएकाहरुको आर्थिक स्थिति हेरेर परिवारलाई सहयोग गर्न सरकारलाई आग्रह
दुर्घटनामा निधन भएकाहरुको आर्थिक स्थिति हेरेर परिवारलाई सहयोग गर्न सरकारलाई आग्रह
दमौली र नारायणगढलाई घुमाउने पुलले जोड्छु: किसान श्रेष्ठ
दमौली र नारायणगढलाई घुमाउने पुलले जोड्छु: किसान श्रेष्ठ
प्रधानमन्त्रीले फेरि भने–भ्रष्टाचार गर्दिन
प्रधानमन्त्रीले फेरि भने–भ्रष्टाचार गर्दिन
साउन मसान्तसम्म विद्यार्थी भर्ना लिन देशभरका विद्यालयलाई बोर्डको निर्देशन
साउन मसान्तसम्म विद्यार्थी भर्ना लिन देशभरका विद्यालयलाई बोर्डको निर्देशन
आजको राशीफल
आजको राशीफल
पदयात्रा मार्गमा आन्तरिक पर्यटक बढ्दै
‘पहाड र मधेसलाई विभाजन गर्ने गरी कसका लागि प्रदेशको कित्ताकाट : अध्यक्ष ओली
‘पहाड र मधेसलाई विभाजन गर्ने गरी कसका लागि प्रदेशको कित्ताकाट : अध्यक्ष ओली
लगानीकर्ताले घेरे नेप्सेकाे कार्यालय
लगानीकर्ताले घेरे नेप्सेकाे कार्यालय
बलिउड अभिनेता सनी देओलले पनि भारी मतले जिते चुनाव
बलिउड अभिनेता सनी देओलले पनि भारी मतले जिते चुनाव