एमालेको जनसभा आज सुर्खेतमा

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र ५, २०७३
|
|
३२९ पटक हेरिएको
Shares

सारांश

  • औपचारिक रुपमा मेची–काली अभियान सकेको नेकपा एमालेले आज सुर्खेतको वीरेन्द्रनगरमा जनसभा गर्ने भएको छ ।
  • प्रदेश नम्बर ६ मा गर्न लागिएको यो सभा प्रशिक्षण भेलाका रुपमा पनि भएको जनाइएको छ ।
  • प्रदेश नम्वर ६ का विभीन्न जिल्लाबाट आएका सर्वसाधारण तथा एमालेका नेता कार्यकर्ता बुलबुले चौकमा भेला भएर ¥यालीसँगै बजार परिक्रमा गरी खुलामञ्चमा पुगेर जनसभा गरिने एमाले सुर्खेतले जनाएको छ ।

औपचारिक रुपमा मेची–काली अभियान सकेको नेकपा एमालेले आज सुर्खेतको वीरेन्द्रनगरमा जनसभा गर्ने भएको छ ।

प्रदेश नम्बर ६ मा गर्न लागिएको यो सभा प्रशिक्षण भेलाका रुपमा पनि भएको जनाइएको छ । प्रदेश नम्वर ६ का विभीन्न जिल्लाबाट आएका सर्वसाधारण तथा एमालेका नेता कार्यकर्ता बुलबुले चौकमा भेला भएर ¥यालीसँगै बजार परिक्रमा गरी खुलामञ्चमा पुगेर जनसभा गरिने एमाले सुर्खेतले जनाएको छ । मध्यान्ह हुने जनसभामा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीसहित पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र झलनाथ खनालले पनि सम्वोधन गर्नुहुने भएको छ ।

एमालेका अनुसार जनसभामा केन्द्रिय उपाध्यक्ष वामदेव गौतम, महासचिव इश्वर पोखरेललगायत नेताहरुको समेत सहभागिता रहनेछ । एमाले केन्द्रिय पोलिट्व्यूरो सदस्य प्रदेश सहसंयोजक यामलाल कँडेलले हिमपातका कारण ६ नम्वर प्रदेशका डोल्पा, मुगु र हुम्लाबाहेक अन्य जिल्लाबाट पार्टी नेता तथा कार्यकर्ताहरु सुर्खेत आएको बताउनु भएको छ ।
सुर्खेतमा हुने जनसभा मेचीमहाकाली राष्ट्रिय अभियानको सन्देशसभाको रुपमा हुने एमाले नेता सूर्य थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?