आइजीपीले नै तोडे चेन अफ कमाण्ड

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ४, २०७८
|
|
२४ पटक हेरिएको
Shares
आइजीपीले नै तोडे चेन अफ कमाण्ड

सारांश

  • प्रहरी महानिरीक्षक शैलेश थापाले आफू विदेश भ्रमण जाँदा वरीयतामा ज्येष्ठ एआइजीलाई कार्यवाहक दिनुपर्नेमा दोस्रो वरीयताका एआइजीलाई दिए।
  • गत मंसिरमा टर्कीको इस्तानबुलमा आयोजित इन्टरपोलको ८९औं महासभामा सहभागी हुन जाँदा थापाले एआइजी निरजबहादुर शाहीलाई कार्यवाहक आइजिपीको जिम्मेवारी दिएका थिए।
  • एआइजीमा शाहीभन्दा हरिबहादुर पाल वरिष्ठ थिए।

प्रहरी महानिरीक्षक शैलेश थापाले आफू विदेश भ्रमण जाँदा वरीयतामा ज्येष्ठ एआइजीलाई कार्यवाहक दिनुपर्नेमा दोस्रो वरीयताका एआइजीलाई दिए। गत मंसिरमा टर्कीको इस्तानबुलमा आयोजित इन्टरपोलको ८९औं महासभामा सहभागी हुन जाँदा थापाले एआइजी निरजबहादुर शाहीलाई कार्यवाहक आइजिपीको जिम्मेवारी दिएका थिए।

एआइजीमा शाहीभन्दा हरिबहादुर पाल वरिष्ठ थिए। त्यसअघि थापाले एआइजी प्रद्युम्न कार्कीलाई कार्यवाहक आइजिपी दिँदा पाल बिदामा बसेका थिए। प्रहरी संगठनमा ुचेन अफ कमान्ड​​ु भंग हुने काम गर्नु आइजिपी थापाको कमजोरी हो।
सुरक्षा निकायसम्बद्ध संगठनमा प्रमुखले वरीयतालाई उपहास गर्नुलाई संवेदनशील मानिन्छ। यस्तो व्यवहार हुँदा तल्लो तहसम्मकै अधिकृत र जवानमा निराशा जन्मिन्छ। नागरिक दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?