नागरिकको हकको संरक्षण गर्न परिपत्र गरिएको होः गृहमन्त्री थापा
सारांश
- काठमाडौँ, २७ चैत ।
- गृहमन्त्री रामबहादुर थापाले नेपालको संविधान र सर्वोच्च अदालतको आदेशका आधारमा जन्मसिद्ध नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरिएको स्पष्ट पार्नुभएको छ ।
- प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सांसदको प्रश्नको जवाफमा उहाँले भन्नुभयो, “संविधान र कानूनमा व्यवस्था भएअनुरुप सरकारले नागरिकको हकको संरक्षण गर्ने सन्दर्भमा उक्त निर्णय गरेको हो ।
काठमाडौँ, २७ चैत । गृहमन्त्री रामबहादुर थापाले नेपालको संविधान र सर्वोच्च अदालतको आदेशका आधारमा जन्मसिद्ध नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरिएको स्पष्ट पार्नुभएको छ ।
प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सांसदको प्रश्नको जवाफमा उहाँले भन्नुभयो, “संविधान र कानूनमा व्यवस्था भएअनुरुप सरकारले नागरिकको हकको संरक्षण गर्ने सन्दर्भमा उक्त निर्णय गरेको हो ।”
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया