नेपाल र यूएई भिड्दै : ब्याटिङ सुधारको अपेक्षा

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ७, २०७८
|
|
५२ पटक हेरिएको
Shares
नेपाल र यूएई भिड्दै : ब्याटिङ सुधारको अपेक्षा

सारांश

  • काठमाडौं।
  • अघिल्ला दुई खेलमा एक जित र एक हार बेहोरेको नेपाली क्रिकेट टोलीले आइसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई शृंखलाको तेस्रो खेलमा आज सोमबार संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्ध खेल्दैछ।
  • दुबईमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ।

काठमाडौं। अघिल्ला दुई खेलमा एक जित र एक हार बेहोरेको नेपाली क्रिकेट टोलीले आइसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई शृंखलाको तेस्रो खेलमा आज सोमबार संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्ध खेल्दैछ।
दुबईमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ। नेपाल सन्दीप लामिछानेको कप्तानीमा छ। आज विशेषगरी नेपाली टिमले आफ्नो ब्याटिङ लाइनमा सुधार गर्नुपर्ने हुन्छ । अघिल्लो खेलमा नेपाल खराब ब्याटिङका बाबजुद पराजित हुन पुगेको थियो।
यसअघि नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले हराउँदा दोस्रो खेलमा यूएईसँग ४८ रनले पराजित भएको थियो। नेपाल र यूएईबीच हालसम्म पाँच ओडिआई खेल हुँदा नेपाल २ खेलमा विजयी भएको छ भने यूएई तीन खेलमा विजयी भएको छ।
प्रतियोगितामा नेपाल १० खेलमा ५ जित र ५ हारसहित १० अंकका साथ छैटौं स्थानमा छ। यूएई १७ खेलमा ९ जित र ६ हारका साथ २० अंक जोड्दै दोस्रो स्थानमा छ।
नेपालको टोली : सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की, पवन सरार्फ र करण केसी[image: nepal-e1647436014493.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्मचारीलाई काठमाडौं नै प्यारो, समायोजनमा ७७ हजार इच्छुक
कर्मचारीलाई काठमाडौं नै प्यारो, समायोजनमा ७७ हजार इच्छुक
कोरोना भाइरसको खोप बनाउन चीन, अमेरिका र भारतबीच प्रतिष्पर्धा
कोरोना भाइरसको खोप बनाउन चीन, अमेरिका र भारतबीच प्रतिष्पर्धा
कर्मचारीको भरमा चलिरहेको गृह मन्त्रालय , गृहमन्त्रीसँग समय छैन !
कर्मचारीको भरमा चलिरहेको गृह मन्त्रालय , गृहमन्त्रीसँग समय छैन !
एमाले नेताको अगुवाईमा मोसो र जुत्ताको माला लगाएर गाउँ निकाला !
एमाले नेताको अगुवाईमा मोसो र जुत्ताको माला लगाएर गाउँ निकाला !
सिरहामा औषधि पसललाई सटर खाली गर्न अस्पतालको निर्देशन
सिरहामा औषधि पसललाई सटर खाली गर्न अस्पतालको निर्देशन
अर्थ मन्त्रालयले पठायो ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन
अर्थ मन्त्रालयले पठायो ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन
नाँगेडाँडा लिफ्ट खानेपानी आयोजनाको डिपिआर निर्माण सुरु, आयोजना सम्पन्न भएपछि ७ हजार स्थानीय लाभान्वित हुने
नाँगेडाँडा लिफ्ट खानेपानी आयोजनाको डिपिआर निर्माण सुरु, आयोजना सम्पन्न भएपछि ७ हजार स्थानीय लाभान्वित हुने
२ वटा बुटेल प्रुफ कार नेपाल आई पुगे,  मोदीले यि २ वटा महत्वपूर्ण काम गर्ने
२ वटा बुटेल प्रुफ कार नेपाल आई पुगे, मोदीले यि २ वटा महत्वपूर्ण काम गर्ने
चितवनमा स्क्रब टाइफसबाट थप एकजनाको मृत्यु ।
चितवनमा स्क्रब टाइफसबाट थप एकजनाको मृत्यु ।
सिरिञ्ज आक्रमणकारीको बयानः रमाइलोको लागि युवतीलाई घोचे
सिरिञ्ज आक्रमणकारीको बयानः रमाइलोको लागि युवतीलाई घोचे