भारतीय सिमेन्टको पैठारी रोकियो

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १६, २०७४
|
|
२४ पटक हेरिएको
Shares
भारतीय सिमेन्टको पैठारी रोकियो

सारांश

  • धनगढी, १६ साउन ।
  • प्रयोगशालामा गुणस्तरीयता प्रमाणित गरेर मात्र आयात गर्न पाउने व्यवस्था गरिएपछि कैलाली भन्सार नाकाबाट चालु साउन महिनादेखि भारतीय सिमेन्टको पैठारी रोकिएको छ ।
  • सिमेन्ट पैठारी गर्दा नेपाल गुणस्तर कार्यालयको ‘ल्याब टेस्ट’को प्रतिवेदन अनिवार्य गरिएपछि नेपालमा भित्रिने गरेको भारतीय सिमेन्टको आयात साउन १ गतेबाट रोकिएको कैलाली भन्सार कार्यालयले जनाएको छ ।

धनगढी, १६ साउन । प्रयोगशालामा गुणस्तरीयता प्रमाणित गरेर मात्र आयात गर्न पाउने व्यवस्था गरिएपछि कैलाली भन्सार नाकाबाट चालु साउन महिनादेखि भारतीय सिमेन्टको पैठारी रोकिएको छ । सिमेन्ट पैठारी गर्दा नेपाल गुणस्तर कार्यालयको ‘ल्याब टेस्ट’को प्रतिवेदन अनिवार्य गरिएपछि नेपालमा भित्रिने गरेको भारतीय सिमेन्टको आयात साउन १ गतेबाट रोकिएको कैलाली भन्सार कार्यालयले जनाएको छ ।

नेपाल गुणस्तर कार्यालयले सिमेन्टको गुणस्तरीयताको परीक्षणपश्चात् दिने प्रतिवेदनका आधारमा मात्रै भारतीय सिमेन्टको आयात सञ्चालन हुन सक्ने भन्सार अधिकृत नारायणदत्त जोशीले बताउनुभयो ।
यसअघि सम्म आइएसओको प्रमाणपत्र र ‘ल्याब टेस्ट‘का आधारमा भारतीय सिमेन्ट पैठारी हुने गरेकामा चालु आवदेखि सिमेन्ट पैठारी गर्दा नेपाल गुणस्तर कार्यालयको ल्याब टेस्टको प्रतिवेदन अनिवार्य व्यवस्था गरिएको बताइएको छ । भारतीय सिमेन्टको आयात रोकिए पनि यहाँ सिमेन्टको अभाव भने छैन । माग अनुसारको नेपाली सिमेन्ट बजारमा प्रशस्त रहेको सिमेन्ट बिक्रेता व्यापारीले बताएका छन् । यो व्यवस्थासँगै नेपालका सिमेन्ट उत्पादक कम्पनीको संरक्षणमा योगदान पुग्ने देखिएको छ । नेपाली सिमेन्टको मूल्य र गुणस्तर भारतीय सिमेन्टको तुलनामा राम्रो र सस्तो रहेकाले यसको माग पनि ह्वात्तै बढेको स्थानीय व्यापारी शंकरप्रसाद तिवारी बताउनुहुन्छ ।

नेपाल सिमेन्टमा आत्मनिर्भर भइसकेकाले भारतबाट सिमेन्ट पैठारी गर्न जरुरी नरहेको तिवारीले बताउनुभयो । यद्यपि विभिन्न भौतिक संरचना निर्माण कार्यमा संलग्न ठेकेदार र इञ्जिनियर कतिपयले भारतीय सिमेन्ट उत्पादक कम्पनी र तिनका एजेन्टसँग गर्ने गरेको मिलेमतोकै कारण निर्माण कार्यमा भारतीय सिमेन्टकै प्रयोग गर्न सिफारिस गर्ने गरेको बताइन्छ । यस क्षेत्रमा हरेक संरचनाको निर्माणमा भारतीय सिमेन्ट प्रयोग हुँदै आएकामा पछिल्लो एक दशकदेखि नेपाली सिमेन्टले बजार लिएको छ । नेपाली सिमेन्टले बजार लिन थालेपछि भारतीय सिमेन्टको प्रयोग पनि बर्षेनी घट्दै गएको छ । तर पनि गत आव ०७३÷७४ मा कैलाली भन्सार नाकाबाट करिब रु २८ करोड ८५ लाख ८९ हजार मूल्य बराबरको तीन करोड १६ लाख ५२ हजार ४०० किलो भारतीय सिमेन्ट भित्रिएको भन्सार कार्यालयको तथ्याङ्कमा जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपराष्ट्रपति यादवलाई गृह जिल्लामा भव्य स्वागत
उपराष्ट्रपति यादवलाई गृह जिल्लामा भव्य स्वागत
श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ ः
श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ ः
ट्रम्पले गरे ‘समस्याग्रस्त’ विधेयकमा हस्ताक्षर
ट्रम्पले गरे ‘समस्याग्रस्त’ विधेयकमा हस्ताक्षर
महानगर र उपमहानगरका उम्मेदवार टुंगो लगायो माओवादीले
महानगर र उपमहानगरका उम्मेदवार टुंगो लगायो माओवादीले
‘प्रधानमन्त्री ओलीले पदत्याग र प्रायश्चित गर्नु उपयुक्त हुन्छ : डा. बाबुराम भट्टराई
‘प्रधानमन्त्री ओलीले पदत्याग र प्रायश्चित गर्नु उपयुक्त हुन्छ : डा. बाबुराम भट्टराई
महिलामाथि लाठी प्रहार गर्ने प्रहरी निरीक्षकमाथि छानविन सुरु
महिलामाथि लाठी प्रहार गर्ने प्रहरी निरीक्षकमाथि छानविन सुरु
सञ्चारमन्त्री आफैले हटाएका ‘अयोग्य’ झा लाई फेरि उही पद !
सञ्चारमन्त्री आफैले हटाएका ‘अयोग्य’ झा लाई फेरि उही पद !
बा–आमालाई टेकाउने अनि भ्रष्टहरुलाई सेकाउने लौरो अभियान
बा–आमालाई टेकाउने अनि भ्रष्टहरुलाई सेकाउने लौरो अभियान
सिलिगुरीका चर्चित डाक्टर  र मनोविदले गाए ‘सलल पानी डुंगैमा’
सिलिगुरीका चर्चित डाक्टर र मनोविदले गाए ‘सलल पानी डुंगैमा’
श्रम र वैदेशिक रोजगारसँग जोडिएका मुद्दा तत्काल सम्बोधन गर्छौं : मन्त्री भण्डारी
श्रम र वैदेशिक रोजगारसँग जोडिएका मुद्दा तत्काल सम्बोधन गर्छौं : मन्त्री भण्डारी

तपाईंले छुटाउनुभयो कि?