पृथ्वी राजमार्गमा चल्ने यातायातमा भाडा बढ्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ९, २०७८
|
|
२५ पटक हेरिएको
Shares
पृथ्वी राजमार्गमा चल्ने यातायातमा भाडा बढ्यो

सारांश

  • ईन्धनको मूल्यमा भएको चरम वृद्धिका कारण पृथ्वीराजमार्गका यातयात व्यवसायीले गाडी भाडा बढाएका छन् ।
  • यसै चैत्रको १५ गतेदेखि लागुहुने गरी पृथ्वीराजमार्ग बस सञ्चालक प्रालिले आफू मातहत गाडीहरुमा भाडा बढाएको हो ।
  • हरेक हप्ता बढेको इन्धनको मूल्य अनुसार सार्वजनिक यातयातको भाडादर बढाउन सरकारले व्यवास्ता गरेको भन्दै व्यवसायीले आफैले भाडा बढाएका हुन् ।

ईन्धनको मूल्यमा भएको चरम वृद्धिका कारण पृथ्वीराजमार्गका यातयात व्यवसायीले गाडी भाडा बढाएका छन् । यसै चैत्रको १५ गतेदेखि लागुहुने गरी पृथ्वीराजमार्ग बस सञ्चालक प्रालिले आफू मातहत गाडीहरुमा भाडा बढाएको हो । हरेक हप्ता बढेको इन्धनको मूल्य अनुसार सार्वजनिक यातयातको भाडादर बढाउन सरकारले व्यवास्ता गरेको भन्दै व्यवसायीले आफैले भाडा बढाएका हुन् ।

समितिले यातायात व्यवस्था कार्यालय गण्डकी र जिल्ला प्रहरी कार्यालय कास्कीलाई बोधार्थ दिएर जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र दिएको छ । सरकारले यतीधेरै इन्धनको मूल्यमा वृद्धिहुँदा पनि यातयात व्यवसयीलाई मार पर्यो भाडादरमा समायोजन गर्नु पर्छ भन्ने सोच नबनाएको यातयात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्र केसीले बताउनु भयो ।

यातायात व्यवसायी समितिलाई कम्पनी ऐनअनुसार रुपान्तरण गरे पनि कार्यविधि र ऐन कानुनको निर्माण नहुँदा व्यवसायीले कठिनाइ झेल्नुपरेको उहाँको भनाई छ ।

हाम्रा सवारी साधन चल्न नसक्ने अवस्था रहकोले रहरले नभई बाध्यताले २० प्रतिशत भाडा वृद्धि गरी सेवा सुचारु गर्ने निर्णय लिन बाध्य भएको हो, केसीले बताउनु भयो ।

सरकारलाई भाडा समायोजन सम्बन्धि बारम्बार अवगत गराउँदा पनि सुनुवाई नभएपछि वाध्य भएर भाडा बढाएको हौं । आजको डिजेलको मूल्यलाई आधार मानेर मूल्यांकन गर्दा हाम्रो खर्च १९।८५ प्रतिशतले बढेको छ । जसको आधारमा २० प्रतिशत भाडादर बढाउनै पर्ने हुन्छ र बढाइयो, अध्यक्ष केसीले भन्नु भयो ।

यस्ता व्यवसाय भनेका हुनेखाने भन्दापनि हुँदा खानेबाट चल्ने गर्दछ । पेट्रोलको मूल्य वृद्धिले हुनेखाने वर्गलाई खासै असर गर्दै तर डिजेलको मूल्यमा भएको वृद्धिले हुँदाखाने वर्गलाई प्रभाव पार्दछ । यस व्यवसायमा धेरै व्यवसायीहरु आश्रित छन् । यसै तथ्यलाई मध्येनजर गरेर भाडादर बढाउन बाध्य भएको उहाँको भनाई छ ।

‘१०७ रुपैयाँ डिजेलको मूल्य हुँदा समायोजन भएको भाडा डिजेलको मूल्य १३८ पुग्दा पनि एउटै छ । इन्धनमा ५ रुपैयाँ बढ्दा भाडा समायोजन गर्ने सहमति भएकोमा समय सापेक्ष र वैज्ञानिक भाडादरको सिद्धान्त लागू भएन, केसीले भन्नुभयो अहिलेको अवस्थामा सरकार निर्वाचन केन्द्रित मात्र भएकोले भाडा समायोजनसम्बन्धी हाम्रो माग प्रति उदासिन रहेको छ । यही बसभाडामा सेवा सन्चालन गर्न यातायात व्यवसायीहरु असमर्थ रहेकोले भाडा बढाएका हौं ।

उहाँले बन्द हड्तालको सट्टा आफैँ भाडा बढाएर सेवा दिने निर्णयअनुसार भाडा वृद्धि गरेको बताउनु भयो । बन्द हड्ताल जस्ता अमानवीय तथा अप्रिय कृयाकलाप गर्नुभन्दा भाडा बढाएर सेवा सन्चालन गर्नु नै उपयुक्त हुने निष्कर्षमा पुग्यौं ।

हाम्रा सवारी साधन चल्न नसक्ने अवस्था रहकोले रहरले नभई बाध्यताले २० प्रतिशत भाडा वृद्धि गरी सेवा सुचारु गर्ने निर्णय लिन बाध्य भएको हो, केसीले बताउनु भयो ।

ज्ञापनपत्रमा दैनिक उपभोग्य वस्तुको मूल्य सत प्रतिशत बढ्दासमेत सरकारले चासो नदिएको गुनासो छ । दैनिक उपभोग्य वस्तु सत प्रतिशत मूल्य बढेको छ । यसमा न सरकारको दृष्टि पुगेको छ न त उपभोक्ता मन्चको ध्यान दिएको छ । बजारमा मुल्य बढेको बढै गर्दा हामीले गाडी चलाउन सक्ने अवस्था रहेन ।

२०६५ सालमा वैज्ञानिक भाडादर पुनरावलोकन समिति गठन भएपछि उक्त समितिको प्रतिवेदनअनुसार दुई भागमा वर्गीकरण गरेर १८ तत्वका आधारमा ६५ प्रतिशत र ३५ प्रतिशत इन्धनलाई आधार बनाइएको छ ।

२०६९ देखि समायोजन नभएको भाडा गत असार अन्तिममा समायोजन भएको थियो । भाडा निर्धारण र समायोजनका लागि सरकारी समिति भएपनि व्यवसायीले कानुनविपरीत आफैँ भाडा बढाएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बयानका लागि उपस्थित गराउन ललितपुर प्रहरीलाई पत्राचार -नवराज सिलवाल प्रकरण
बयानका लागि उपस्थित गराउन ललितपुर प्रहरीलाई पत्राचार -नवराज सिलवाल प्रकरण
९१ जना न्यायाधीशको सरुवा (सूचीसहित)
९१ जना न्यायाधीशको सरुवा (सूचीसहित)
चुनावको मुखमा फेरि नौ सचिवको सरुवा
चुनावको मुखमा फेरि नौ सचिवको सरुवा
क्यालिफोर्निया डढेलो फैलिनुमा ‘गलत वातावरणीय कानून’ दोषी ः ट्रम्प
ग्लोबल टी–२०ः सन्दिपको एक विकेट, टोरन्टो ‘प्लेअफ’मा
ग्लोबल टी–२०ः सन्दिपको एक विकेट, टोरन्टो ‘प्लेअफ’मा
मन्त्री अधिकारीको अन्त्येष्टि गृहजिल्ला कास्कीमै, यसरी गरिनेछ सम्मान
मन्त्री अधिकारीको अन्त्येष्टि गृहजिल्ला कास्कीमै, यसरी गरिनेछ सम्मान
प्रधानन्यायाधीशमा जोशी अस्वीकृत हुनुका यस्ता रैछन् पाँच कारण
प्रधानन्यायाधीशमा जोशी अस्वीकृत हुनुका यस्ता रैछन् पाँच कारण
उच्च वायु मण्डलमा न्यूनचापीय क्षेत्रको विकासले देशभर माैसम बद्ली
उच्च वायु मण्डलमा न्यूनचापीय क्षेत्रको विकासले देशभर माैसम बद्ली
आन्दोलनको उदगमस्थलमै मधेसी दललाई सकस ..
आन्दोलनको उदगमस्थलमै मधेसी दललाई सकस ..
निर्वाचनको सुरक्षा तयारीमा लाग्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन
निर्वाचनको सुरक्षा तयारीमा लाग्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

तपाईंले छुटाउनुभयो कि?