नेपालले लियो बदला, पपुवा न्यूगिनी पराजित

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १४, २०७८
|
|
२२ पटक हेरिएको
Shares
नेपालले लियो बदला, पपुवा न्यूगिनी पराजित

सारांश

  • काठमाडौं ।
  • त्रिकोणात्मक टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा घरेलु टोली नेपालले विजयी सुरुआत गरेको छ ।
  • कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार पपुवा न्युगिनी (पीएनजी) लाई १५ रनले हराउँदै नेपालले सिरिजमा सुखद सुरुआत गरेको हो ।

काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा घरेलु टोली नेपालले विजयी सुरुआत गरेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार पपुवा न्युगिनी (पीएनजी) लाई १५ रनले हराउँदै नेपालले सिरिजमा सुखद सुरुआत गरेको हो ।

यस जितसँगै नेपालले पीएनजीविरुद्ध एकदिवसीय सिरिजमा व्यहोरेको हारको बदला समेत लिएको छ । नेपालले दुई खेलको एकदिवसीय सिरिज २-० ले गुमाएको थियो ।

नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय ६८ रन मात्र बनाउन सक्यो ।

१२ ओभरमा ७ विकेट गुमाएको पीएनजीलाई नोरमान भानुअको आक्रामक इनिङ खेल्दै पीएनजीलाई जित नजिक पुर्याएका थियो । भानुअले ५२ रनको आक्रामक अर्धशतकीय इनिङ खेल्दा पीएनजी जित नजिक पुगेको थियो ।

१९ औं ओभरको पाँचौं बलमा एलबीडब्लु धरापमा पार्नुअघि भानुअले २९ बलमा ४ छक्का र ५ चौका प्रहार गर्दै ५२ रन बनाए ।

१०० रन मा ७ विकेट गुमाएको पीएनजीलाई भानुअ र चाड सोपरले ६७ रनको आक्रामक साझेदारी गर्दै जित नजिक पुर्याएका थिए । इनिङ दोस्रो ओभरमा करण केसीले ओपनर टोनी उरालाई आउट गर्दै नेपाललाई सानदार सुरुआत दिलाए ।

उरालाई ५ रनमा लोकेस बमको हातबाट क्याच गराए । अर्का ओपनर लेगा सिएकालाई सोमपाल कामीले आरिफको हातमा क्याच थमाए ।

आक्रामक ब्याटिङ गरेका लेगाले १० बलमा ३ चौका र १ छक्काको मद्दतमा २१ रन बनाए । पीएनजीका कप्तान असद भाला १४ बलमा ७ रन बनाउँदा सन्दीप लामिछानेले आउट गरे । चार्ल्स अमिनीलाई २२ रनमा अविनास बोहराले बोल्ड गर्दा सेसे बाउलाई ३० रनमा सन्दीपले एलबीडब्लु धरापमा पारे ।

रिले हेकुरे ३ रन बनाउँदा जासन किलाले रनको खाता खोल्न सकेनन् । चाड सोपरले १३ रनको अविजित इनिङ खेले ।

नेपालको जितमा करण र सन्दीप लामिछानेले ३/३ विकेट लिए । अविनास बोहराले २ विकेट र सोमपालले १ विकेट हात पारे ।

यस अघि टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ४३ रन बनाए ।

आक्रामक सुरुवात गरेका ओपनर कुशल भुर्तेल १ छक्का र ३ चौका प्रहर गर्दा रन आउट हुन पुगे । खेलको पहिलो बलमा छक्का प्रहार गर्दै आक्रामक सुरुवात गरेका भुर्तेल दोस्रो बलमा रनआउट हुनबाट बचेका थिए । तर तेस्रो ओभरको तेस्रो बलमा उनी २० रन बनाउँदा सहज रनआउट भए ।

दोस्रो विकेटका लागि आसिफ शेख र रोहित पौडेलले ८० रनको साझेदारी गरेपछि नेपालले ठुलो स्कोर खडा गरेको हो । आसिफले ३५ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ४३ रन बनाए । अलेइ नाओको बलमा एज लागेर किपरको हातबाट आउट हुँदा आफ्नो दोस्रो अर्धशतकबाट ७ रनले पछि परे ।

रोहितले ३४ रन बनाए । चाड सोपरको बलमा एज लागेर क्याच हुनु अघि २६ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

रोहित र आसिफले बाहेक अन्य खेलाडीले ठुलो साझेदारी गर्न सकेनन् ।

आक्रामक सुरुवात गरेको नेपालले ११ औं ओभरमा १ विकेट गुमाएर १ सय ४ रन बनाएको अवस्थाबाट थप ३० रन जोड्न ५ विकेट गुमायो । नेपालले १२ औं ओभर देखि १६ औं ओभरसम्म हरेक ओभरमा   विकेट गुमाउन पुग्यो ।

आरिफ शेखले २२ बलमा ३ चौका र २ छक्काको मद्दतमा ३१ रन बनाएर आउट भए ।

दिपेन्द्र सिंह ऐरी ४ रनमा पेभिलियन फर्किए । चार्ल्स अमिनीको बलमा रिभर्स सट हान्ने प्रयास गर्दा असद भालाको हातबाट क्याच आउट भए ।

रिले हेकुरेको स्लोवर बलमा बोल्ड भएका कुशल मल्लले १ चौका र १ छक्का प्रहार गर्दा ११ रन मात्र बनाए ।  लोकेश बमले ४ बलमा १ चौकाको मद्दतमा ५ रन जोड्दा आउट भए ।

१४ रन बनाएका करण केसीले नाओको फुलटस बलमा क्याच हुनु अघि २ छक्का प्रहार गरेका थिए । सोमपाल कामीले ४ बल खेल्दा मात्र १ रन बनाउन सके ।

सन्दीप लामिछाने २ बलमा १ रन बनाउँदा अविजित रहे ।

पीएनजीका चार्ल्स अमिनी, अलेइ नाओ र चाड सोपरले २/२ विकेट लिए । नोरमान भानुअ र रिले हेकुरेले १/१ विकेट हात पारे ।

अब नेपालले दोस्रो खेलमा बुधबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।

सिरिजमा नेपाल, पीएनजी र मलेसियाको सहभागिता रहेको छ ।

सिरिज अन्तर्गत नेपालले पीएनजी र मलेसियाविरुद्ध दुई–दुई खेल खेल्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवन पुगेर प्रचण्डले गरे मन्त्रीकाे हेरफेर हुन सक्ने संकेत
एसिड र अन्य अग्निजन्य पीडितलाई फरक व्यवहार, कानुन बनाउन माग
एसिड र अन्य अग्निजन्य पीडितलाई फरक व्यवहार, कानुन बनाउन माग
रहेनन् नेकपा नेता बोम खड्का
रहेनन् नेकपा नेता बोम खड्का
भोजपुर प्रदेशसभा १ ‘क’ का विजेता राजेन्द्र कुमार राई को हुन् ?
भोजपुर प्रदेशसभा १ ‘क’ का विजेता राजेन्द्र कुमार राई को हुन् ?
कोरोना भाइरस खोप ९० प्रतिशत सुरक्षा दिने गरी तयार भएको घोषणा
कोरोना भाइरस खोप ९० प्रतिशत सुरक्षा दिने गरी तयार भएको घोषणा
पाकिस्तानी प्रधानमन्त्रीको आरोप : स्टक एक्सचेन्जमा घटेको घटनामा भारतको मुख्य भूमिका थियो
पाकिस्तानी प्रधानमन्त्रीको आरोप : स्टक एक्सचेन्जमा घटेको घटनामा भारतको मुख्य भूमिका थियो
कक्षा ११ का डेढलाख विद्यार्थी मौका परीक्षाबाट वञ्चित, किन ?
कक्षा ११ का डेढलाख विद्यार्थी मौका परीक्षाबाट वञ्चित, किन ?
जग्गा बेचेर घर बनाउँदै नुवाकोटका भूकम्पपीडित
जग्गा बेचेर घर बनाउँदै नुवाकोटका भूकम्पपीडित
आखिर के चाहन्छ भारत ? फेरी दसगजामा गुम्बा बनाउँदै भारत
आखिर के चाहन्छ भारत ? फेरी दसगजामा गुम्बा बनाउँदै भारत
सांसद बलायरले भने: सुदूरपश्चिमको राजधानीका पूर्वाधार बन्न सकेनन्
सांसद बलायरले भने: सुदूरपश्चिमको राजधानीका पूर्वाधार बन्न सकेनन्

तपाईंले छुटाउनुभयो कि?