जिल्लाजिल्लामा सहमति, सिट बाँडफाँटमा सकस

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २५, २०७८
|
|
२० पटक हेरिएको
Shares
जिल्लाजिल्लामा सहमति, सिट बाँडफाँटमा सकस

सारांश

  • काठमाडौं।
  • आगामी स्थानीय तह निर्वाचनमा चुनावी गठबन्धन गर्ने सैद्धान्तिक सहमति गरेको सत्ता साझेदार पाँच दलीय गठबन्धनलाई सिट बाँडफाँटमा सकस भएको छ ।
  • जिल्ला–जिल्लामा चुनावी गठबन्धन गर्ने सहमति भइरहँदा सिट बाँडफाँटको मापदण्ड’bout भने टुंगो लाग्न सकेको छैन ।

काठमाडौं। आगामी स्थानीय तह निर्वाचनमा चुनावी गठबन्धन गर्ने सैद्धान्तिक सहमति गरेको सत्ता साझेदार पाँच दलीय गठबन्धनलाई सिट बाँडफाँटमा सकस भएको छ । जिल्ला–जिल्लामा चुनावी गठबन्धन गर्ने सहमति भइरहँदा सिट बाँडफाँटको मापदण्ड’bout भने टुंगो लाग्न सकेको छैन ।
नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू आफूअनुकूल तालमेल तथा सिट बाँडफाँटको रणनीतिमा छन् । केन्द्रमा पाँच दलीय गठबन्धनबीच स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने सहमति भएसँगै विभिन्न जिल्लामा चुनावी गठबन्धनको सहमति भइरहेको छ ।
जाजरकोट, अछाम, तनहुँ, चितवन, नुवाकोट, धनकुटा, कास्की, कञ्चनपुर, अर्घाखाँची, बागलुङ, तेह्रथुम, पाल्पा, गुल्मी, कैलाली, लम्जुङ, दैलेख, खोटाङ, सुनसरी, सुर्खेतसहित दर्जनौं जिल्लामा चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति भइसकेको छ । जिल्लाजिल्लाबाट कुन पार्टीको यथार्थ विवरण के हो भन्ने संकलन भइरहेको छ । २६ गतेभित्रमा यथार्थ विवरण आइसकेपछि सिट बाँडफाँटको मापदण्ड निर्धारण गरेर अगाडि बढ्ने गठबन्धनको रणनीति छ ।
कांग्रेसका वरिष्ठ नेता एवं स्थानीय तह निर्वाचन तयारी तथा अनुगमन समितिका संयोजक रामचन्द्र पौडेलले आगामी निर्वाचनमा तालमेल गर्ने सैद्धान्तिक सहमति भइसकेको र छिट्टै नै सिट बाँडफाँटको समेत टुंगो लगाउने बताए ।
‘हामीले जिल्लाजिल्लाबाट पार्टीहरूको यथार्थ विवरण पठाउन निर्देशन गरेका छौं । जिल्लाजिल्लाबाट सबै विवरण आइसकेपछि गठबन्धनको बैठक बसेर हामी टुंगो लगाउने छौं । अहिले विवरण संकलन भइरहेको छ,’ पौडेलले भने, ‘त्यसपछि विवरणको अध्ययन गरेर हामी मापदण्ड निर्धारण गर्छौं र सोहीअनुसार सिट बाँडफाँट गरेर अगाडि बढनेछौ्रं ।’
पौडेल नेतृत्वको समितिमा पाँचै दलबाट दुई÷दुई जना नेता रहेका छन् । समितिको संयोजकमा कांग्रेस नेता पौडेल रहेका छन् भने सदस्यमा कांग्रेसबाट गगन थापा र ज्ञानेन्द्र कार्की छन् । यस्तै, माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन, एकीकृत समाजवादीबाट डा. बेदुराम भुसाल र डा. विजय पौडेल, जसपाबाट अशोक राई र रेणु यादव जनमोर्चाबाट हिमलाल पुरी सदस्य रहेका छन् ।
समितिका एक सदस्यका अनुसार स्थानीय तहमा हुने सिट बाँडफाँटका लागि अनौपचारिक रूपमा विभिन्न प्रस्ताव आइरहेका छन् । जिल्लाको यथार्थ विवरण आइसकेपछि औपचारिक रूपमा ती सबै प्रस्तावमा छलफल गरेर टुंगो लगाउने तयारी छ ।
कांग्रेसले गत स्थानीय तहको निर्वाचनमा प्रमुख जसले जहाँ जितेको छ उसैले प्रमुख लिने र एमाले जितेको ठाउँमा दोस्रो मत ल्याउने दलले प्रमुख लिनुपर्ने प्रस्ताव गरेको छ । तेस्रो स्थान ल्याउने दलले उपप्रमुख लिने उसको प्रस्ताव छ ।
गठबन्धनका एक नेताका अनुसार कांग्रेसको यो प्रस्ताव अरू दलका नेताले अस्वीकार गरेका छन् । गत निर्वाचनमा एमाले विजयी भएको अधिकांश ठाउँमा कांग्रेसले दोस्रो स्थान ल्याएको थियो । सोही कारण माओवादी र एकीकृत समाजवादीका नेताले कांग्रेसको सो प्रस्ताव अस्वीकार गरेका छन् । महानगरबाहेकका पालिकामा आवश्यकता र परिस्थिति हेरेर चुनावी तालमेल गर्ने निर्णय कांग्रेस केन्द्रीय समितिको बैठकले गरिसकेको छ ।
माओवादी र एकीकृत समाजवादीका नेताहरू गत निर्वाचनमा विजयी भएको ठाउँलाई यथावत् राख्दै एमाले विजयी भएको ठाउँमा भागबन्डा गर्नुपर्ने अडानमा रहेका छन् । गत राष्ट्रिय सभाको निर्वाचनमा समेत यही मापदण्डका आधारमा पाँच दलीय गठबन्धनभित्र सहमति भएको थियो ।
तर एकीकृत समाजवादीले एमालेले विजयी भएको स्थानीय तहमा समाजवादीले पाउनुपर्ने अडान राख्दै आएको छ । जसपा भने गत निर्वाचनको मत परिणामको आधारमा नभई न्यायोचित र सम्मानजनक ढंगले सिट बाँडफाँट हुनुपर्ने अडानमा छ । निर्वाचनपश्चात् विभिन्न पार्टीसँग एकीकरण भएकाले सोहीअनुसार सिट बाँडफाँट हुनुपर्ने अडान जसपाको छ ।
जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले सार्वजनिक रूपमै न्यायोचित र सम्मानजनक सिट बाँडफाँट नभए गठबन्धनको आवश्यकतासमेत नरहेको टिप्पणी गरेका छन् । जनमोर्चाले भने आफ्नो प्रभाव रहेको ठाउँमा आफूले पाउनुपर्ने दाबी पेस गर्दै आएको छ । प्युठान, बाग्लुङ, अर्घाखाँचीलगायतका जिल्लामा आफ्नो संगठन राम्रो भएको भन्दै जनमोर्चाले ती जिल्लामा दाबी पेस गरेको हो ।
शीर्ष नेताहरूको आआफ्नै प्रस्ताव र दाबी आउन थालेपछि जिल्लाको वस्तुस्थिति बुझेर जिल्लाबाट आउने यथार्थ विवरणको अध्ययनपश्चात् सिट बाँडफाँटको मापदण्ड निर्धारण गरिने तयारीमा गठबन्धन रहेको छ ।
माओवादी केन्द्रका नेता एवं समितिका सदस्य देव गुरुङले जिल्लाबाट रिपोर्ट आइसकेपछि गठबन्धनले अध्ययन गरेर सिट बाँडफाँटको मापदण्ड निर्धारण गर्ने बताए । रिपोर्ट जिल्लाबाट अझै आई नसकेको बताउँदै ती रिपोर्ट अध्ययन गरेर आवश्यकताअनुसार शीर्ष नेताहरूसँग समेत सल्लाह गरेर सिट बाँडफाँटको मापदण्ड तय गरिने गुरुङले बताए ।
‘अहिले औपचारिक र अनौपचारिक रूपमा विभिन्न प्रस्ताव तथा विषयमा छलफल गरिरहेका छौं’ गुरुङले भने, ‘जिल्लाबाट आउनु रिपोर्टको अध्ययन गरेर हामी आवश्यकताअनुसार शीर्ष नेताहरूसँग समेत छलफल गरेर सिट बाँडफाँटको मापदण्ड निर्धारण गर्छांै ।’
जिल्लाजिल्लाबाट रिपोर्ट आइसकेपछि सोहीअनुसार पाँच दलीय गठबन्धनले प्रदेश, जिल्ला, पालिका तथा वडा स्तरसम्म संयन्त्र बनाएर अगाडि बढ्नेछ । पाँच दलीय गठबन्धनले ७ सय ५३ वटै पालिकामा चुनावी गठबन्धन गरेर एमालेलाई कमजोर बनाउने रणनीतिमा रहेको छ । उता एमालेले समेत चुनावी गठबन्धनका लागि साना दलसँग सहकार्य गर्ने रणतीतिमा रहेको छ । [image: satta.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं ७ पनि बामगठबन्धनका रामवीरको अग्रता
काठमाडौं ७ पनि बामगठबन्धनका रामवीरको अग्रता
संसारको पहिलो सैलुन जहाँ अर्धनग्न महिलाले पुरुष ग्राहकलाई यस्तो सुविधा दिने!
संसारको पहिलो सैलुन जहाँ अर्धनग्न महिलाले पुरुष ग्राहकलाई यस्तो सुविधा दिने!
श्रीलंकाविरुद्ध न्युजिल्यान्डको प्रभावशाली जीत
श्रीलंकाविरुद्ध न्युजिल्यान्डको प्रभावशाली जीत
बीआरआईसँग सम्बन्धित आयोजना छिटो अघि बढाउन चिनियाँ विदेशमन्त्रीलाई ओलीको आग्रह
बीआरआईसँग सम्बन्धित आयोजना छिटो अघि बढाउन चिनियाँ विदेशमन्त्रीलाई ओलीको आग्रह
नक्कली शरणार्थी बनाइ करोडौँ असुली
नक्कली शरणार्थी बनाइ करोडौँ असुली
बर्दिवासमा भीषण वर्षा : पानी चुहिएपछि मतगणना कार्य रोकियो !
बर्दिवासमा भीषण वर्षा : पानी चुहिएपछि मतगणना कार्य रोकियो !
लुटेर धनी भएका टिका थापामगर डिल्लीबजार जेलबाटै फरार
लुटेर धनी भएका टिका थापामगर डिल्लीबजार जेलबाटै फरार
नेकपा (क्रान्तिकारी) एमालेमा समाहित, माओवादीको केन्द्रीय सल्लाहकार पनि एमालेमा
नेकपा (क्रान्तिकारी) एमालेमा समाहित, माओवादीको केन्द्रीय सल्लाहकार पनि एमालेमा
गत आर्थिक वर्षमा जङ्गली जनावरको आक्रमणबाट चितवनमा १२ जनाको मृत्यु
गत आर्थिक वर्षमा जङ्गली जनावरको आक्रमणबाट चितवनमा १२ जनाको मृत्यु
लयमा फकिँदै मनाङको पर्यटन व्यवसाय
लयमा फकिँदै मनाङको पर्यटन व्यवसाय

तपाईंले छुटाउनुभयो कि?