लुटेर धनी भएका टिका थापामगर डिल्लीबजार जेलबाटै फरार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ५, २०७४
|
|
३८ पटक हेरिएको
Shares
लुटेर धनी भएका टिका थापामगर डिल्लीबजार जेलबाटै फरार

सारांश

  • काठमाडौं, माघ ५ ।
  • रामेछापका दोरम्बा घर भएका टिका थापामगर डिल्लीबजार जेलबाटै फरार भएका छन् ।
  • श्रृङखलाबद्ध लुटपाट तथा डकैती मुद्दामा गत पुस २६ गते पक्राउ परेका थापा जेलबाटै फरार भएका हुन् ।

काठमाडौं, माघ ५ । रामेछापका दोरम्बा घर भएका टिका थापामगर डिल्लीबजार जेलबाटै फरार भएका छन् । श्रृङखलाबद्ध लुटपाट तथा डकैती मुद्दामा गत पुस २६ गते पक्राउ परेका थापा जेलबाटै फरार भएका हुन् ।

बिहीबार राती उनी डिल्लीबजार कारागारबाट भागेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । प्रहरीकै मिलेमतोमा कैदी भागेको हुनसक्ने भन्दै बिहीबार राती ड्युटीमा रहेका प्रहरीलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको एआईजी जयबहादुर चन्दले जानकारी दिए । कैदी भाग्नुको कारणबारे चन्दले भने, ‘चोरी केसमा जोडिएको टिका थापामगर भागेका छन्, जेलभित्र उनीहरुको उद्योग (काम गर्ने ठाउँ) हुन्छ, त्यहाँबाट चेक गरेर भित्र ल्याउँदा चेक राम्रो भएन् ।’

२०७३ पुसमा कौशलटारस्थित बैंकबाट पैसा निकालेर गठ्ठाघरतर्फ जाँदै गरेकी मन्दिरा अधिकारीको ६ लाख नगद लुटेपछि महानगरीय अपराध महाशाखाले थापालाई पक्राउ गरेर मुद्दा चलाइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कित्ता स्पष्ट नगरे कांग्रेस प्रजा परिषदको हैसियतमा पुग्छ: कमल थापा
कित्ता स्पष्ट नगरे कांग्रेस प्रजा परिषदको हैसियतमा पुग्छ: कमल थापा
आज प्रदेश ४ को नीति तथा कार्यक्रमः पर्यटन, ऊर्जा र कृषि समृद्धिका आधार
आज प्रदेश ४ को नीति तथा कार्यक्रमः पर्यटन, ऊर्जा र कृषि समृद्धिका आधार
वीरगन्जमा गोली चल्दा एक गम्भीर घाइते
वीरगन्जमा गोली चल्दा एक गम्भीर घाइते
जब प्रतिनिधिसभाको बैठकमा फूलको आँखामा फूलै संसार गित गाय नेम्वाङले !
जब प्रतिनिधिसभाको बैठकमा फूलको आँखामा फूलै संसार गित गाय नेम्वाङले !
स्थानीय तहमा पनि तोकिएकै दिनमा बजेट पेश गर्नुपर्ने
स्थानीय तहमा पनि तोकिएकै दिनमा बजेट पेश गर्नुपर्ने
मन्त्रीहरुको कामप्रति प्रम ओली असन्तुष्ट, साउनमा व्यापक हेरफेरको तयारी, सल्लाहकार पनि हटाउँदै !
मन्त्रीहरुको कामप्रति प्रम ओली असन्तुष्ट, साउनमा व्यापक हेरफेरको तयारी, सल्लाहकार पनि हटाउँदै !
यस्ता-यस्ता छन् आजका खास-खास प्रहरी खबर
यस्ता-यस्ता छन् आजका खास-खास प्रहरी खबर
मन्त्री महासेठकाे अर्काे चर्तिकला !
मन्त्री महासेठकाे अर्काे चर्तिकला !
डा उपेन्द्र देवकोटालाई गोरखा लगिदै (भिडियाेसहित)
डा उपेन्द्र देवकोटालाई गोरखा लगिदै (भिडियाेसहित)
पाकिस्तान भूकम्प : मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो, ४७६ भन्दा बढी घाइते
पाकिस्तान भूकम्प : मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो, ४७६ भन्दा बढी घाइते