श्रीलंकाविरुद्ध न्युजिल्यान्डको प्रभावशाली जीत

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक १२, २०७९
|
|
२२ पटक हेरिएको
Shares
श्रीलंकाविरुद्ध न्युजिल्यान्डको प्रभावशाली जीत

सारांश

  • सिड्नी ।
  • ‘प्लयेर अफ द म्याच’ ग्लेन फिलिप्सको उत्कृष्ट शतकको मद्दतले न्युजिल्यान्डले शनिबार ट्वान्टी ट्वान्टी विश्वकप सुपर–१२ को ग्रुप–१ मा श्रीलंकामाथि प्रभावशाली ६५ रनको जित निकालेको छ ।
  • न्युजिल्यान्डले सात विकेटमा १ सय ६७ रन बनाएयता त्यसको जवाफमा श्रीलंकाले सबै विकेट गुमाएर १ सय २ रनमात्र बनाउन सक्यो ।

सिड्नी । ‘प्लयेर अफ द म्याच’ ग्लेन फिलिप्सको उत्कृष्ट शतकको मद्दतले न्युजिल्यान्डले शनिबार ट्वान्टी ट्वान्टी विश्वकप सुपर–१२ को ग्रुप–१ मा श्रीलंकामाथि प्रभावशाली ६५ रनको जित निकालेको छ । न्युजिल्यान्डले सात विकेटमा १ सय ६७ रन बनाएयता त्यसको जवाफमा श्रीलंकाले सबै विकेट गुमाएर १ सय २ रनमात्र बनाउन सक्यो ।

श्रीलंकाको सुरुआत निकै कमजोर रह्यो र उसले आठ रन बनाउँदा चार विकेट गुमाइसकेको थियो । उसका लागि भानुका राजपाक्षेले ३४ र दुसान सनकाले ३५ रन बनाए । यो जितपछि न्युजिल्यान्ड ग्रुप–१ मा तीन खेलबाट पाँच अंकसहित शीर्ष स्थानमा छ र उसको सेमिफाइनल प्रवेशको सम्भावना बलियो भएको छ । श्रीलंका भने तीन खेलबाट दुई अंकमै सीमित रह्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डको सुरुआत पनि राम्रो रहेन र उसले १५ रनमा तीन विकेट गुमाइसकेको थियो । तर चौंथो क्रममा रहेका फिलिप्सले न्युजिल्यान्डको इनिङ्स सम्हाले र ६४ बलमा १ सय ४ रन बनाए । उनले १० चौका र चार छक्का प्रहार गरे । फिलिप्सले २२ रन बनाएका ड्यारले मिचेलसँग चौथो विकेटका लागि ८४ को साझेदारी गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?