आयोगले साँझ ६ बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १५, २०७९
|
|
२० पटक हेरिएको
Shares
आयोगले साँझ ६ बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने

सारांश

  • काठमाडौं, १५ बैशाख ।
  • आज निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता भएका उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने भएको छ ।
  • गत बैशाख १२ र १३ गते आयोगमा दर्ता भएका उम्मेदवारीविरुद्ध परेको उजुरी विरोधमा अहिले आयोगले जाँचबुझ गरिरहेको छ ।

काठमाडौं, १५ बैशाख । आज निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता भएका उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने भएको छ ।

गत बैशाख १२ र १३ गते आयोगमा दर्ता भएका उम्मेदवारीविरुद्ध परेको उजुरी विरोधमा अहिले आयोगले जाँचबुझ गरिरहेको छ । आयोगले आज साँझ ६ बजे मनोनयन दर्ताको नामावली प्रकाशन गर्दैछ ।

बैशाख १६ गतेसम्म उम्मेदवारहरुले मनोनयन फिर्ता लिन सक्ने उम्मेदवारहरुको अन्तिम नामावली शुक्रबार नै आयोगले सार्वजनिक गर्ने कार्यतालिकामा रहेको छ ।

१७ गते शनिबार उम्मेदवारहरुले निर्वाचन चिन्ह प्राप्त गर्नेछन् । ३५ हजार २ सय २१ पदका लागि १ लाख ५२ हजार ४६५ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?