पन्ध्र वर्षपछि प्रहरी फन्दामा, यसरी भएको थियो अधिकारीको हत्या

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १७, २०७४
|
|
२४ पटक हेरिएको
Shares
पन्ध्र वर्षपछि प्रहरी फन्दामा, यसरी भएको थियो अधिकारीको हत्या

सारांश

  • झापा ।
  • भुटानी शरणार्थीको हत्या गरी फरार एक अभियुक्तलाई १५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
  • गत २०५८ फागुन २६ गते झापा खुदुनाबारी शिविर सेक्टर नम्बर एक हट नं ३१ का सन्तबहादुर अधिकारीलाई खुकुरी प्रहार गरेर हत्या गरी फरार भएका ताप्लेजुङ आम्वेगुदिन–५ का भीमबहादुर भट्टराईलाई प्रहरीले १५ वर्ष पाँच महिनापछि पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक केशवकुमार थेवेले जानकारी दिए ।

झापा । भुटानी शरणार्थीको हत्या गरी फरार एक अभियुक्तलाई १५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

गत २०५८ फागुन २६ गते झापा खुदुनाबारी शिविर सेक्टर नम्बर एक हट नं ३१ का सन्तबहादुर अधिकारीलाई खुकुरी प्रहार गरेर हत्या गरी फरार भएका ताप्लेजुङ आम्वेगुदिन–५ का भीमबहादुर भट्टराईलाई प्रहरीले १५ वर्ष पाँच महिनापछि पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक केशवकुमार थेवेले जानकारी दिए ।

अभियुक्त भट्टराईलाई गत साउन ११ गते बिर्तामोड नगरपालिका–४ स्थित मुक्तिचोकबाट पक्राउ गरिएको प्रनाउ थेवेले बताए ।

“फरार अभियुक्त खोजी अभियानअन्तर्गत भट्टराईको खोजी गरिरहेका थियौँ”, उनले भने, “अभियुक्त बिर्तामोडमै रहेको भन्ने सूचना पाएपछि खोजतलास गर्दा समात्न सफल भयौँ ।”

मृतकका दाजु धनबहादुर क्षेत्रीले दिएको उजुरीका आधारमा भट्टराईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अभियुक्तलाई झापा जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थपसमेत गरी अनुसन्धान भइरहेको र मृतकका आफन्तलाई खोजी गरी सम्पर्कमा ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यसरी भएको थियो हत्या

घटना गत २०५८ फागुन २६ गते बेलुका करिब २१ः३० बजेतिरको हो । ताप्लेजुङको साविक आम्बेगुदिन–५ घर भई झापा साविक खुदुनाबारी–७ हाल अर्जुनधारा–३ बस्ने ३८ वर्षीय ३८ भूपेन्द्र भनिने भीमबहादुर भट्टराईले बजारमा खुकुरी किने । उनले खुकुरी किनेपछि मादक पदार्थसमेत सेवन गरे । घरतर्फ जाँदा बाटोमा शिविरका लागि पानी तान्ने पम्प मेसिनको चौकीदार गरी बसेका शरणार्थी शिविरका सन्तबहादुर अधिकारी क्षेत्रीसँग टर्च लाइट मागे ।

अधिकारीले टर्च लाइट दिन इन्कार गरेपछि सामान्य विवाद भयो । विवादपछि सन्तबहादुरले भट्टराईलाई प्रहार गरे । रक्सीको मातले लठ्ठ भट्टराई आवेशमा आएर सन्तबहादुरलाई लछारपछार पार्दै करिब २० मिटर टाढा खुदुनाबारी–७ र ९ को सिमानामा पर्ने सुखानी खोलामा पु¥याई खुकुरीले निर्ममतापूर्वक टाउको, कुम तथा शरीरका विभिन्न भागमा प्रहार गरी हत्या गरे । हत्यापछि खुकुरीसमेत खोलामा फालेर उनी फरार भए ।

अपराधबाट उन्मुक्ति पाउने हेतुले मलेसिया, कम्बोडिया, भियतनामलगायतका देशमा बसी केही समयअघि घरमा आई बसोबास गरेको भन्ने सूचना पाएपछि प्रहरीले उनको खोजी गर्दा बिर्तामोडबाट पक्राउ गर्न सफल भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वार्षिक चार लाख पर्यटक भित्र्याउने नेपाल वायुसेवा निगमको लक्ष्य !
वार्षिक चार लाख पर्यटक भित्र्याउने नेपाल वायुसेवा निगमको लक्ष्य !
सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने भन्दै सर्वोच्चमा रिट
सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने भन्दै सर्वोच्चमा रिट
अफगानिस्तानले नेपाललाई दियो १९१ रनको विजयी लक्ष्य
अफगानिस्तानले नेपाललाई दियो १९१ रनको विजयी लक्ष्य
प्रदेश नं.१ : जात-जातीका कारण प्रदेशकाे नाममा विवाद
प्रदेश नं.१ : जात-जातीका कारण प्रदेशकाे नाममा विवाद
कारागारमा यसरी दिन बित्छ कृष्णबहादुर महराको
कारागारमा यसरी दिन बित्छ कृष्णबहादुर महराको
अरु देशका केन्द्रीय बैंकले कडा नीति लिइरहँदा हामीले लचिलो मौद्रिक नीति ल्यायौँ : गभर्नर अधिकारी
अरु देशका केन्द्रीय बैंकले कडा नीति लिइरहँदा हामीले लचिलो मौद्रिक नीति ल्यायौँ : गभर्नर अधिकारी
विमानसँग विहे गर्ने लक्ष्य लिएकी महिला
विमानसँग विहे गर्ने लक्ष्य लिएकी महिला
प्रधानमन्त्री प्रचण्डले भन्छन्: आर्थिक समृद्धिबाट जातीय विभेद अन्त्य गर्न सकिन्छ
प्रधानमन्त्री प्रचण्डले भन्छन्: आर्थिक समृद्धिबाट जातीय विभेद अन्त्य गर्न सकिन्छ
रुट परमिट नभएका टिपर चालकले प्रहरीलाई १ सय घुस दिन खोज्दा…
रुट परमिट नभएका टिपर चालकले प्रहरीलाई १ सय घुस दिन खोज्दा…
मुग्लिन आर्क ब्रिज जेठदेखि सञ्चालनमा आउने
मुग्लिन आर्क ब्रिज जेठदेखि सञ्चालनमा आउने

तपाईंले छुटाउनुभयो कि?