मध्यपुर थिमी नगरपालिकामा एमालेको सान्दार जित

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १, २०७९
|
|
२१ पटक हेरिएको
Shares
मध्यपुर थिमी नगरपालिकामा एमालेको सान्दार जित

सारांश

  • भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका वडा नं.
  • १ मा एमालेले ऐतिहासिक जीत हासिल गरेको छ ।
  • निर्वाचनपछिको मतपरिणाम सार्वजनिक हुने क्रममा उक्त निर्वाचनमा मध्यपुर थिमि १, लोकन्थलीबाट  पहिलो पल्ट कम्युनिस्ट पार्टीबाट सदस्यमा श्यामकृष्ण प्रजापति निर्वाचित भएका हुन ।

भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका वडा नं. १ मा एमालेले ऐतिहासिक जीत हासिल गरेको छ ।
निर्वाचनपछिको मतपरिणाम सार्वजनिक हुने क्रममा उक्त निर्वाचनमा मध्यपुर थिमि १, लोकन्थलीबाट  पहिलो पल्ट कम्युनिस्ट पार्टीबाट सदस्यमा श्यामकृष्ण प्रजापति निर्वाचित भएका हुन ।
एक वडा अध्यक्षमा काँग्रेसले जित्दा वडा सदस्य पदमा एमालेका उम्मेदवारले जीत हासिल गरेका हुन । मध्यपुर थिमि वडा नं. १ लोकन्थलीमा काँग्रेसले वडा अध्यक्षसहित तीन वटा वडा सदस्यमा जीत हासिल गर्दा एमालेका उक्त उम्मेदवारले पनि जीत हासिल गर्नुभएको हो । उहाँको जीतलाई एमालेका तर्फबाट मेयर पदमा उम्मेदवार बनेका मदनसुन्दर श्रेष्ठले निर्वाचनको इतिहासमै पहिलोपटक कम्युनिष्ट पार्टीबाट निर्वाचित भएको दावी गर्नुभएको छ । उहाँले पनि १ हजार ८ सय ८५ मत पाएर विजय हासिल गर्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?