कर्णालीका ७९ मध्ये ६ पालिकाको नजिता सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १, २०७९
|
|
२४ पटक हेरिएको
Shares
कर्णालीका ७९ मध्ये ६ पालिकाको नजिता सार्वजनिक

सारांश

  • ७९ वटा स्थानीय तह रहेको कर्णाली प्रदेशमा अहिलेसम्म छ वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ ।
  • जसमध्ये १० जिल्लामध्ये हिमाली जिल्ला डोल्पाका चार, हुम्लाको एक र दैलेखको एक स्थानीय तहमा जनप्रतिनिधि विजयी भएका छन् ।
  • यी मध्ये तीन वटा पालिकाहरुमा निर्विरोध भएको थियो ।

७९ वटा स्थानीय तह रहेको कर्णाली प्रदेशमा अहिलेसम्म छ वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । जसमध्ये १० जिल्लामध्ये हिमाली जिल्ला डोल्पाका चार, हुम्लाको एक र दैलेखको एक स्थानीय तहमा जनप्रतिनिधि विजयी भएका छन् । यी मध्ये तीन वटा पालिकाहरुमा निर्विरोध भएको थियो ।

डोल्पाको काइके गाउँपालिका र छार्काताङसोङ गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) पार्टीबाट अध्यक्ष निर्विरोध भएका छन्। काइके गाउँपालिका अध्यक्षमा अंगतकुमार राना निर्विरोध भएका थिए भने छार्काताङसोङ गाउँपालिका अध्यक्षमा सेनाङ गुरूङ निर्विरोध भए भएका थिए । यस्तै डोल्पोबुद्ध गाउँपालिकाको उपाध्यक्षमा पनि समाजवादीकै पेमा वाङ्जु गुरूङ निर्विरोध भएकी छन् । अध्यक्ष निर्विरोध भएका राना र गुरूङ भने ०७४ को स्थानीय चुनावबाट पनि अध्यक्ष जितेका थिए । उनीहरू हालै नेकपा एमाले छाडेर एकीकृत समाजवादीमा गएका थिए । त्यहाँ एकल उम्मेदवारी परेपछि उनीहरू निर्विरोध भएका हुन्।डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकाको अध्यक्षमा एमालेका धाव सम्डुक गुरुङ निर्विरोध भएका छन् । यस्तै शनिबार डोल्पाको जगदुल्ला गाउँपालिकामा नेकपा माओवादीले जितेको छ ।

माओवादीबाट अध्यक्षका उम्मेदवार नारसिं रोकायाले ७७० मत पाएर विजयी भए भने एमालेका हेमबहादुर महतराले ७४६ मत प्राप्त गरेर पराजित भए । यसैगरी उपाध्यक्षमा पनि माओवादीकी अमरिता बोहरा ७५९ मतका साथ विजयी हुँदा एमालेकी चन्द्रावती थापा पराजित भएकी छन् । आइतबार बिहान प्राप्त सम्पन्न दैलेखको नौमुले गाउँपालिकाको मत गणनाबाट माओवादीका छवि सुवेदी विजयी भएका छन् ।

०७४ मा कुनैपनि वडा अध्यक्ष सम्म नजितेको माओवादीले सबैभन्दा पहिला आफ्नो वर्चश्व जमाएको हो । सुवेदीले तीन हजार २०० मत पाए भने काँग्रेसका भदे बुढामगरले २५ सय ४४ मत पाए । बुढामगर ०७४ को स्थानीय तहको निर्वाचनमा अध्यक्षमा निर्वाचित भएका थिए ।

उनले पुनः दोहोरिने चाहना सहित चुनावमा होमिँदा पराजित हुन पुगे । नौमुलेमा माओवादी र एकीकृत समाजवादीको गठबन्धन छ । उपाध्यक्षमा समाजवादीका गंगबहादुर शाही विजयी भएका छन् ।

उनले २८ सय ३४ मत प्राप्त गरेका छन् । उनी नौमुले काँग्रेसका सभापति भएपनि काँग्रेसभित्र किचलोबाट दिक्दार भएको भन्दै एकीकृत समाजवादीमा प्रवेश गरेर उम्मेदवार बनेका हुन् । नौमुलेमा एमाले तेस्रो भएको छ । हुम्लाको खार्पुनाथमा भने नेपाली काँग्रेसले जितेको छ । त्यहाँ काँग्रेसका कर्णबहादुर रावल विजयी भएका छन् । उनी काँग्रेस माओवादीका साझा उम्मेदवार हुन् ।

रावलले एक हजार ८१० मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रकाशबहादुर शाहीले एक हजार १९५ मत ल्याएका छन्। रावलले ०७४ को स्थानीय तहको निर्वाचनमा पनि अध्यक्षमा निर्वाचित भएका थिए । उपाध्यक्षमा माओवादीका ज्ञानबहादुर सिंहले १ हजार ८७२ मत ल्याएर विजयी भएका छन् ।

उनका प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका शक्तिसिंह ऐडीले ८५० मत ल्याएका छन् । यस्तै खार्पुनाथका पाँचवटै वडामा गठबन्धन निर्वाचित भएको छ। अन्य स्थानीय तहहरुको पनि नजिता आउनेक्रम जारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली बमले रामेछापमा आतंक
नक्कली बमले रामेछापमा आतंक
सिके राउतसँगको सम्झौताबारे शङ्का गर्नुपर्दैन : अध्यक्ष प्रचण्ड
सिके राउतसँगको सम्झौताबारे शङ्का गर्नुपर्दैन : अध्यक्ष प्रचण्ड
मन्त्रालय भित्रै हातपात, सरुवाकाे विषयमा विद्यालय निरीक्षक द्वारा उपसचिव माथि हमला !
मन्त्रालय भित्रै हातपात, सरुवाकाे विषयमा विद्यालय निरीक्षक द्वारा उपसचिव माथि हमला !
बलिउड अभिनेता अरमान  पक्राउ ,काजोलकी बहिनीलाइ पनि कुटपिट
बलिउड अभिनेता अरमान पक्राउ ,काजोलकी बहिनीलाइ पनि कुटपिट
पेन्सनसँगै जनप्रतिनिधिलाई सुविधा पनि, उपप्रमुखलाई पनि गाडी
पेन्सनसँगै जनप्रतिनिधिलाई सुविधा पनि, उपप्रमुखलाई पनि गाडी
राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धनका कुन दलले कति सिट पाए ?
राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धनका कुन दलले कति सिट पाए ?
‘TMKOC’ actor Kavi Kumar Azad cremated, friends and family bids teary adieu to the actor!
‘TMKOC’ actor Kavi Kumar Azad cremated, friends and family bids teary adieu to the actor!
गाईगोरुसहित किशोर पक्राउ
गाईगोरुसहित किशोर पक्राउ
हाम्रै कारणले गणतन्त्र खतरामा पर्ने संभावना बढ्यो : प्रचण्ड
हाम्रै कारणले गणतन्त्र खतरामा पर्ने संभावना बढ्यो : प्रचण्ड
प्रधानमन्त्रीले जथाभावी बोल्दा देशको कुटनीतिक क्षमतामा प्रश्न उठेको छः पूर्व राजदूत उपाध्याय
प्रधानमन्त्रीले जथाभावी बोल्दा देशको कुटनीतिक क्षमतामा प्रश्न उठेको छः पूर्व राजदूत उपाध्याय

तपाईंले छुटाउनुभयो कि?