दिपकराज जोशीलाई हराउँदै तनहुँको व्यासमा कांग्रेसका वैकुण्ठ निर्वाचित

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ९, २०७९
|
|
३० पटक हेरिएको
Shares
दिपकराज जोशीलाई हराउँदै तनहुँको व्यासमा कांग्रेसका वैकुण्ठ निर्वाचित

सारांश

  • तनहुँ।
  • तनहुँको व्यास नगरपालिकाको प्रमुख पदमा नेपाली काङ्ग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपानेले १२ हजार ७८ मत प्राप्त गरी विजयी भएका छन्।
  • उनी दोस्रो कार्यकालका लागि नगरप्रमुखमा निर्वाचित भएका हुन्।

तनहुँ। तनहुँको व्यास नगरपालिकाको प्रमुख पदमा नेपाली काङ्ग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपानेले १२ हजार ७८ मत प्राप्त गरी विजयी भएका छन्।

उनी दोस्रो कार्यकालका लागि नगरप्रमुखमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार आठ सय २६ मत प्राप्त गरे। उनी कांग्रेस नेता गाेविन्दराज जाेशीका छाेरा हुन्।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत सो नगरपालिकाको उपप्रमुख पदमा काङ्ग्रेसका इन्दिरा दरैले १३ हजार चार सय ९८ मत प्राप्त गरी विजयी भइन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले) का वसुन्धरा घर्तीले दश हजार ४२ मत प्राप्त गरिन्।

कूल १४ वडामध्ये कांग्रेसले ११ वडामा प्यानलसहित जितेको छ भने एमालेले तीन वडामा वडाध्यक्ष जितेको छ। एमालेले वडाध्यक्ष जितेको वडामा पनि कांग्रेसले सबै सदस्य जितेको छ। एमालेले व्यास–४, ५ र ७ को वडाध्यक्षमात्रै जितेको छ।

व्यास–१ को वडाध्यक्षमा रमेशचन्द्र हड्खले, २ को अध्यक्षमा काशीराम श्रेष्ठ, ३ को अध्यक्षमा अनुप राना, ४ को अध्यक्षमा मनबहादुर गुरुङ, ५ को अध्यक्षमा विष्णुकुमार श्रेष्ठ, ६ को अध्यक्षमा जीवन गुरुङ, ७ को अध्यक्षमा कृष्णप्रसाद न्यौपाने, ८ को अध्यक्षमा युवराज गुरुङ, ९ को अध्यक्षमा सुरेश थापा, १० को अध्यक्षमा खेमराज पोख्रेल, ११ को अध्यक्षमा दलबहादुर दुरा, १२ को अध्यक्षमा बमबहादुर आले, १३ को अध्यक्षमा वसन्तबहादुर आले र १४ को अध्यक्षमा काजीमान श्रेष्ठ विजयी भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?