मेलम्चीमा बाढीले अस्थायी पुलमा क्षति, सडक आवागमन बन्द

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २६, २०७९
|
|
१९ पटक हेरिएको
Shares
मेलम्चीमा बाढीले अस्थायी पुलमा क्षति, सडक आवागमन बन्द

सारांश

  • सिन्धुपाल्चोक ।
  • अविरल वर्षापछि आएको बाढीले मेलम्ची नदीमा बनाइएका अस्थायी संरचनामा क्षति पुर्‍याएको छ।
  • गएरातिको वर्षाले मेलम्ची नगरपालिका–११ स्थित ह्युम पाइप जडित फट्के पुलमा क्षति पुर्‍याएको हो।

सिन्धुपाल्चोक । अविरल वर्षापछि आएको बाढीले मेलम्ची नदीमा बनाइएका अस्थायी संरचनामा क्षति पुर्‍याएको छ।

गएरातिको वर्षाले मेलम्ची नगरपालिका–११ स्थित ह्युम पाइप जडित फट्के पुलमा क्षति पुर्‍याएको हो।

पुलमा क्षति पुगेसँगै सडक बन्द भएको छ ।अहिले मेलम्ची नगरप्रमुख आइतमान तामाङ, वडा न ११ का अध्यक्ष चन्द्र बहादुर तामाङ लगायतले क्षतिग्रस्त ह्युमपाइपको अनुगमन गरेपछि मर्मत थालिएको छ ।

मेलम्ची नगरपालिका वडा नं ७ र ११ जोड्ने अस्थायी फट्के पुल (ह्युमपाइप कल्भर्ट)मा क्षति पुगेसँगै यातायात सेवा अवरुद्ध भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?